बागलुङ,२४असोज–बीर गोर्खाली युवा क्लब बागलुङले तिहारको अवसर पारेर लाईभ इन कन्सर्ट गर्ने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गरेर कला संस्कृतिको जर्गेना, दुव्र्यसन विरुद्धको अभियानमा युवाहरु परिचालन तथा सामाजिक काममा लगाउनका लागि कन्सर्ट गर्न लागेको जनाएको हो । कन्र्सट मार्फत कला संस्कृति जोगाउने र युवालाई सही बाटोमा हिडाउन प्रेरित गर्न बर्षेनी कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष बुद्ध विष्टले बताए ।
अघिल्लो बर्षको कन्सर्टबाट आएको फाईदाबाट विद्यामन्दिर माविमा अध्ययनरत केही छात्रछात्रालाई छात्रवृत्ति सहयोग गरेको उनले जानकारी दिए । यो बर्षपनि पैसा बचाएर सामाजिक क्षेत्रमा सहयोग गर्ने योजना क्लबले राखेको छ । टिकट विक्रि देखि विभिन्न क्रियाकलाप मार्फत क्लबले ८ लाख रुपैयाँको कारोवार गर्ने र २ लाख रुपैयाँ सम्म बचाएर सामािजक क्षेत्रमा लगाउने योजना बनाएको बिष्टको भनाई छ । तिहारको पूर्व सन्ध्याको रुपमा असोज २९ गते न्यु ओएसिसको पुरानो भवनमा कन्र्सट गरिने भएको हो । कन्र्सटमा नरेन लिम्बु तथा आस्था व्याण्डको प्रस्तुती रहने बताइएको छ । त्यस्तै पोखराको इन्फेल्म व्याण्ड र स्थानीय संकल्प व्याण्डको पनि प्रस्तुती रहने बताइएको छ ।
Previous Articleश्रमदान गरेर विद्यालयको भवन
Next Article २४ असोज २०७४, धौलागिरी स्टार साप्ताहिक