काठमाडौं ,२३ असोज – जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सोमबार घुससहित पक्राउ परेका छन् । खत्रीलाई १ लाख २५ हजार घुससहित अख्तियारको टोलीले सदरमुकाम धुलिखेलस्थित बसपार्क चोकबाट पक्राउ गरिएको हो ।
भुम्लु गाउँपालिकाको बन्देउ नजिक गत भदौ १७ बा ३ ख ८४०४ नम्बरको टिपर र बोलेरो ठोकिदा भएको घट्नालाई लिएर टिपर चालक सिन्धुपाल्चोकका सुदिप दुलाललाई पक्राउ गरी मुद्धा चलाएको थियो ।
उक्त घटनालाई मिलाई दिन्छु भन्दै घुस मागेपछि उनीहरुले अख्तियारमा दिएको उजुरीको आधारमा जिल्ला अदालतका नायब सुब्बा खत्रीलाई पैसा सहित अख्तियाको टोलीले पक्राउ गरिएको बताए । ‘खत्रीले हामीलाई १ लाख २५ हजार रुपैया दिने कि ८ बर्षसम्म जेलमा बस्ने भन्दै पटक÷पटक फोन गरेर रकम मागेपछि अख्तियारमा जानकारी गरायौं’ पीडितका आफन्त निल प्रसाद दुलालले भने ।
पीडितले जिल्ला अदालतमा सबै काम सकेर आईतवार टिपर चालक छुट्नु पर्नेमा पैसा नदिएको भन्दै खत्रीकै कारण रोकेर राखेको दुलालले बताए ।
Previous Articleपेस्तोल र गोलीसहित तीन जना पक्राउ (नामसहित)
Next Article माओवादीलाई सरकारबाट हटाए देउवालाई महँगो-बस्नेत