राजेशचन्द्र राजभण्डारी/बागलुङ ,२३असाेज
बागलुङ उद्योग बाणिज्य संघले अाउने पुस १४ गते देखि २३ गते सम्म धाैलागिरि बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणमा बागलुङ महाेत्सब गर्ने निर्णय गरेको छ । बागलुङ उद्योग बाणिज्य संघको बैठकले बागलुङ जिल्लाकाे ब्यापार ब्यबसायकाे प्रबर्द्धन कला तथा संस्कृतिकाे संरक्षण गर्ने मुल उदेश्य साथ १० दिने बागलुङ महाेत्सब गर्न लागेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । खुला पुरूष भलिबल प्रतियोगिता महिला भलिबल प्रतियोगिता खुला दाेहाेरी गित प्रतियोगिता ब्यापारी लाेक नृत्य प्रतियोगिता रास्ट्रिय कलाकारकाे प्रस्तुति छेलाे प्रतियोगिता रमाइलो मेला ब्यापारीक स्टलहरू राखीने कार्यक्रम रहेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए । बागलुङ उद्योग बाणिज्य संघले सधैं चैत्र दशैमा महाेत्सब गर्दै अाएकाे उद्योग बाणिज्य संघले बागलुङ बजारमा ब्यापार प्रबर्द्धन गर्ने उदेश्यले पहिलोपटक पुषमा महाेत्सब गर्न लागेकाे प्रेस सल्लाहकार राजभण्डारीले बताए ।
Previous Articleनिर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गोलि प्रहार
Next Article संघमा १५ र प्रदेशमा ७ मन्त्रालय राख्ने प्रस्ताव