बातलुङ,२३ असोज–गैर आवासीय नेपाली संघ (एनआरएन)को आसन्न निर्वाचनमा बागलुङका सोम सापकोटाले उमेदवारी दिने भएका छन् । बागलुङमा आयोजित पत्रकार सम्मेलन मार्फत सापकोटाले आगामी साता काठमाण्डौमा हुने विश्व सम्मेलनमा उपकोषाध्यक्षको उमेदवारी घोषणा गरेको बताए । सन् २००५ मा प्रवेश गरेका सापकोटाले पोर्चुगलको सदस्य, डेनमार्गको अध्यक्ष, हुँदै युरोपको क्षेत्रीय उप संयोजक भएका सापकोटाले विद्युतीय पुस्तकालय, जलविद्युत, भूकम्प पिडितको घर निर्माण लगायतमा काम गर्ने योजना समेत अगाडि सारेका छन् ।
उनी एनआरएनको विद्युतीय पुस्तकालय अभियानका संयोजक तथा नेपाल सरकारको युरोप पर्यटन दुतको रुपमा कार्यरत छन् । एनआरएनमा आर्थिक पाटोलाई सुदृढ बनाउने, मेघा आयोजनाहरुलाई छिटो सक्नका लागि पहल गर्ने उद्धेश्यले आफ्नो उमेदवारी लिएर आएको उनले बताए ।