म्याग्दी २१ असोज – कालीगण्डकी नदीले बगाएर म्याग्दीमा शनिबार एक बालीका वेपत्ता भएकी छिन् । अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर वेनपा २ की १२ वर्षिया कृष्ट्रीना थापा वेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रातोपानी स्थित कालीगण्डकी किनारमा रहेको तातोपानीमा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा खसेर थापा वेपत्ता भएको प्रहरीले जनाएको छ ।
थापाको खोजीका लागि भुरुङ तातोपानी, गलेश्वर र कालीपुल बसपार्क स्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन भएपछि शनिबार साँझ सम्म भेटाउन सकिएको छैन् । फुपुको घरमा गएकी थापा नुहाउनका लागि कालीगण्डकी किनारमा गएकी थिईन् ।
Previous Articleएमालेद्धारा पत्रकार गौतमसहित छ उम्मेदवार सिफारिस
Next Article वाम एकता प्रस्तावमा विदेशीको धम्की आएको छ- प्रचण्ड