बागलुङ, २१ असोज -आगामी मंसिर १० गते हुन गइरहेको संघिय संसद (प्रतिनिधीसभा) को निर्वाचनमा पत्रकार हरिनारायण गौतम उम्मेदवार सिफारिस भएका छन । नेकपा एमाले बागलुङले नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा ढोरपाटन दैनिकका सम्पादक रहेका हरिनारायण गौतमलाई संघिय संसदमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
एमाले बागलुङको जिल्ला कमिटीको पूर्ण वैठकले सर्वसम्मतीमा पत्रकार गौतम सहित ६ जनालाई समानुपातिकतर्फ उम्मेदवारका लागि पार्टी केन्द्रमा सिफारिस गरेको जिल्ला सचिव लालवहादुर थापाले वताए ।
एमालेबाट केन्द्रिय संसदका लागि समानुपातिकतर्फ सिफारिस हुनेहरुमा पार्टीका वैकल्पिक केन्द्रिय सदस्य मना केसी, तीलवहादुर विक, भीमप्रसाद गौचन सुनिल, ममतादेवी शर्मा र लालवहादुर थापा रहेका छन ।
संघिय संसदमा २ निर्वाचन क्षेत्र रहेको बागलुङबाट समानुपातिकतर्फ दुई महिला सहित ६ जनाको नाम सिफारिस गर्न एमाले केन्द्रले जिल्ला कमिटीलाई दिएको निर्देशन वमोजिम नै सर्वसम्मत रुपमा ६ जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
वैठकले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र नं. १ र त्यो अन्तरगतको प्रदेशमा इन्द्रलाल सापकोटा, श्रीप्रसाद शर्मा, हिरा के.सी. र सूर्य पाठकलाई, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ मोहनलाल शर्मा (सर्वसम्मत), त्यसअन्तरगतका क प्रदेशका लागि प्रेम खरेल, तीर्थमणी भूषाल, रत्ना भण्डारी, यामबहादुर श्रीस र कमल घिमिरे, ख प्रदेशका लागि दधिराम अर्याललाई सर्र्वसम्मत रुपमा सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि समानुपातिकतर्फ गोविन्द बहादुर नेपाली, गीता शर्मा, टेकबहादुर के.सी, लिला शेरचन, शान्तिकुमारी जिसी, सावित्रा राना, धनबहादुर परियार, कुलबहादुर राना, हुमाकुमारी जिसी, मोहमद हुसेन, विनाकुमारी थापा, गगाकुमारी शर्मा,संदिप थापा, रामकृष्ण शर्मा, फरेन्द्र थापा, डिलबहादुर कार्की, हरिप्रसाद शर्मा, कुमार खड्का, रामप्रसाद शर्मा, दिपक माझी, सुभास राजभण्डारी र पद्यचन्द्र राजभण्डारीलाई सिफारिश गरेको सचिव थापाद्धारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
एमालेद्धारा पत्रकार गौतमसहित छ उम्मेदवार सिफारिस
Previous Article२०७४ असोज २१ शनिबारको राशिफल
Next Article कालीगण्डकीले बगाएर एक बालीका वेपत्ता