बागलुङ,२१ असोज-दात तथा मुख सम्वन्धि रोगहरुको परिक्षण तथा उपचारको लागी कन्र्सन नेपाल र रोटरी क्लब अफ बागलुङको आयोजनामा सञ्चालित स्वास्थ्य परिक्षण तथा दन्त शिविर शुक्रबार समापन भएको छ । बुधबार देखी सञ्चालित निसुल्क शिविरमा ४ सय ५० जनाले सेवा लिएको आयोजकले जनाएका छन् । शिविरमा दात तथा मुख खुडे भएको ओठ तथा गिजाको समेत उपचार गरिएको थियो । । शिविरको अन्तिम दिन पनि बिहानै देखी दात परिक्षण गर्नेहरुको घुइचो लागेको थियो । कोरियाबाट आएका अनाम रोटरी क्लब अफ कोरियाका डाक्टर लि एन सुन नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण तथा उपचार गरेको थियो रोटरी बागलुङले जनाएको छ । तिन दिन सम्म चलेको शिविरमा बागलुङ जिल्ला बिभिन्न ठाउँका बिरामीहरुले उपचार सेवा लिएको आयोजकले जनाएको छ । समान्यतया दात मिलाउने दात सफा गर्ने आदि रोगका बिरामीहरुले सेवा लिएको डाक्टर लि एन सुनले बताए । शिविर समापनको अवसरमा बोल्दै बक्ताहरुले शिविरमा उत्साहजनक सहभागीता भएको बताए । आफ्नो घर आगनमै कोरीयन प्रबिधि द्धारा उपचार पाउँदा बिरामीहरुले खुसी ब्यक्त गरे । सियोल मिग्रेन वर्कस एशोसियसन कोरियाका अध्यक्ष चोई वी पालको नेतृत्वमा नेपालमा पहिलो पटक शिविर लिएर आएको उक्त टोलीले स्वेदशमा २ सय ११ औं दन्त परिक्षण शिविर सम्पन्न गरिसकेको बताइएको छ । बिभिन्न देशमा समेत शिविर गर्न सफल टोलीको बागलुङमा आयोजित शिविर भने ५५ औं भएको पालले बताए ।
Previous Articleबागलुङमा एक लाख पचास हजार मतदाता
Next Article २१ असोज २०७४, ढोरपाटन दैनिक