बागलुङ,२१ असोज-आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाग्लुङले अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । कार्यालयका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाग्लुङ जिल्लाबाट कुल १ लाख ६७ हजार २ सय ६२ मतदाता सहभागी हुने भएका छन् ।
जहाँ महिला मतदातको संख्या ८७ हजार ४ सय ३ र पुरुष मतदाताको संख्या ७९ हजार ८ सय ७९ रहेको जिल्ला निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी जिल्लामा २ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अन्तर्गत बरेङ गाँउपालिका, जैमिनि नगरपालिका, बाग्लुङ नगरपालिका र काठेखोला गाँउपालिका लाई समेटेर क्षेत्र नं. १ निर्धारण गरिएको छ । सो निर्वाचन क्षेत्रबाट ४५ हजार ८ सय ४३ महिला र ४० हजार ९ सय १३ पुरुष गरि ८६ हजार ७ सय ५६ जना मतदाता सहभागी हुदै छन्त्यसैगरी गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकालाई समेटेर क्षेत्र नं. २ निर्धारण गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट ४१ हजार ५ सय ६० महिला र ३८ हजार ९ सय ६६ पुरुष गरि ८० हजार ५ सय २६ मतदाता सहभागी हने जिल्ला निर्वाचन कार्यलयका सुचना अधिकारी श्याम कुमार थापा मगरले जानकारी दिए ।यस्तै मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागी ४ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अन्तर्गत बाग्लुङ नगरपालिकाका वडा नं. १ देखी ११ र काठेखोला गाउँपालिकालाई समेटेर निर्वाचन क्षेत्र नं. १ निर्धारण गरिएको छ । त्यहाँबाट २४ हजार २ सय ३२ महिला र २१ हजार १ सय ९७ पुरुष गरी ४५ हजार ४ सय २९ मतदाता सहभागी हुदै छन् । यस्तै बाग्लुङ नगरपालिका कै वडा नं. १२, १३, १४, जैमिनि नगरपालिका र बरेङ गाउँपालिका समेटेर निर्वाचन क्षेत्र नं. २ निर्धारण गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट २१ हजार ६ सय ११ महिला र १९ हजार ७ सय १६ पुरुष गरि ४१ हजार ३ सय २७ मतदाता सहभागी हुदै छन् ।त्यस्तै गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र वडिगाड गाउँपालिकालाई समेटेर निर्वाचन क्षेत्र नं. ३ निर्धारण गरिएको छ ।
सो क्षेत्रबाट २४ हजार ६ सय २५ महिला र २२ हजार ६ सय ६१ पुरुष गरि ४७ हजार २ सय ८६ मतदाता सहभागी हुदै छन् ।त्यसैगरी तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई समेटेर निर्वाचन क्षेत्र नं. ४ निर्धारण गरिएको छ । उक्त क्षेत्रबाट भने १६ हजार ९ सय ३५ महिला र १६ हजार ३ सय ५ पुरुष गरि ३३ हजार २ सय ४० मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ ।
Previous Articleनियात्रा : अन्नपूर्ण सर्किटमा हाफ जर्नी
Next Article दाँत जाँच्ने शिविर सकियो