बागलुङ, १६ असोज – सार्वजनिक बिदाका बेला सवारी पास विना सरकारी सवारी साधनहरु चलाउन नपाईने निर्देशन बिपरीत सदरमुकाम बागलुङ बजारमा चलाएका दुई सरकारी मोटर साईकल ट्राफिक प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक छबबहादुर घर्तीले सवारी पास बिना चलाएकोले ध १ ब १९ र ध १ ब १३० नम्वरको मोटर साईकल नियन्त्रणमा लिएर कार्बाही अघि बढाएको बताए । नियन्त्रणमा लिएको ध १ ब १९ नम्वरको मोटर साईकल जिल्ला प्रशासन कार्यालय बागलुङ र १३० नम्बरको मोटरसाईकल गल्कोट नगरपालिकाको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृतलाई प्रयोग (चलाउन) गर्न दिईएको सो मोटरसाईकल सार्वजनिक विदाको समयमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा सवारी पास विना नै अर्काेले युवकले चलाएको र उसंग सवारी ईजाजत पत्र समेत नभएको ट्राफिक प्रनानि घर्तीले बताए ।
गल्कोट नगरपालिकाको नाममा रहेको अर्को ध १ ब १३० नंको मोटरसाईकल चेकजाँच गर्दा सचिवले सवारी पास विना चलाएकोले भेट्टिएकोले नियन्त्रणमा लिएको हो । गल्कोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीका अनुसार ध १ ब १३० को उक्त मोटर साइकल गनापा १ दुदिलाभाटीका सचिवले प्रयोग गर्दै आएका थिए ।
बिना सवारी पास सार्वजनिक बिदाका समयमा जिल्ला प्रशासन कार्यालयको मोटरसाईकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सम्वन्धमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापासंग संपर्क राख्दा सार्बजनिक बिदाका समयमा विना पास सरकारी सवारी साधनको दुरुपयोग गर्नेहरुमाथि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कार्बाही गर्नुलाई सकारात्मक रुपमा लिएको बताए ।
प्रशासन र नगरपालिकाको मोटरसाईकल ट्राफिकको नियन्त्रणमा
Previous Articleहाम्रो गाउँमा अचेल दसैं आउँदैन साथी
Next Article केटलोनिआमा जनमत संग्रह रोक्न व्यापक दमन