काठमाडौं, १० असोज – प्रदेश नम्बर २ का तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी छ । पर्साको विरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको नतिजा आउन बाँकी छ ।
पछिल्लो परिणामअनुसार बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवदत्त बछार थारु र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मीदेवी राय विजयी हुनुभएको छ । अहिलेसम्म १ सय ३३ तहको नजिता आएकोमा, नेपाली कांग्रेस ३९, संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८ फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् । दलहरुले मेयर र उपमेयरको पुनः मतगणना गर्न माग गर्दै मंगलबारदेखि रोकिएको विरगंज महानगरपालिकाको मतगणना बुधबार दिउँसोदेखि शुरु भएको छ ।
वीरगंज महानगर
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ७३ हजार ७२ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।
Previous Articleमधेश आन्दोलनकै उद्गम स्थलमा एमालेको जित
Next Article विश्वकै अग्लो सडक-सुरुङ मार्ग खुल्यो