११ असोज, बागलुङ–नेपाली काँग्रेस नगर समन्वय समिती जैमिनि नगरपालिकाले आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसीर १० गते हुने संघ तथा प्रदेशसभाका लागि इच्छुक उमेद्वार सिफारिस गरेको हो । समन्वय समितीको गत सोमबार बसेको बैठकले संघ तथा प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाई क्षेत्रिय समितीमा पठाएको समितीका संयोजक काशीराम आचार्यले बताए । नगरबाट संघिय संसदका लागि समानुपातिकतर्फ २ जना र प्रत्यक्षतर्फ एक जनाले मात्रै उम्मेदवार बन्ने इच्छा देखाएका छन् । त्यस्तै प्रदेशतर्फ समानुपातिकमा ३ जना र प्रत्यक्षमा ८ जनाले उम्मेदवार बन्ने इच्छा देखाएकाले क्षेत्रिय समितीमा सिफारिस गरी पठाएको आचार्यले बताए । उनका अनुसार, संघीय संसदका लागि समानुपातिक तर्फ गीतादेवी रेग्मी र शेरबहादुर बिकलाई सिफारिस गरिएको छभने प्रत्यक्षतर्फ काशीराम आचार्य सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा सदस्यमा समानुपातिक तर्फ कौशिलादेवी बिक, पदमबहादुर पुन तथा रामचन्द्र सापकोटा सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ कृष्णप्रसाद शर्मा, गणेश सापकोटा, दुर्गादत्त आचार्य, नवराज पौडेल, पदमबहादुर केसी, भीम श्रीस, हरिप्रसाद आचार्य र हरिहर शर्मा रहेका छन् । नगर समन्वय समितीले इच्छा भएकाहरुको नामावली संकलन गरी आवश्यक छानविन पछि क्षेत्रीय समितीमा सिफारिस गरिएको आचार्यले बताए ।
Previous Article२०७४ असोज ११ बुधबारको राशिफल
Next Article कोरिडोरको टाकुरी–पालुङ्खोला ट्रयाक खुल्यो