११ असोज बागलुङ–नेपालीहरूको महान् चार्ड बिजया दशमीको अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले बागलुङ कारागारमा रहेका कैदी बन्दीलाई मासु च्यूरा खाउ चाडबार्ड मनाउ भन्दै च्याङ्ग्रा र च्युरा उपहार दिएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि उद्योग बाणिज्य संघले कारागार भित्र कार्यक्रमका वीच कैदी बन्दीलाई घरमा गएर दशैे मनाउन नपाए पनि दशैको अनुभुती दिलाउन च्याङ्ग्रा र च्युरा दिन आएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासुले संयुक्त रुपमा च्याङ्ग्रा–चिउरा बन्दी नाईके सूर्य नेपालीलाई हस्तान्तरण गरेका हुन् । च्याङ्ग्रा र च्यूरा हस्तान्तरण पछी बोल्दै प्रहरी उपरिक्षक खापुङले सम्पूर्ण कैदीबन्दीलाई दशैँ, तिहार, छठ तथा नेपाल संबत ११३८ को शुभकामना दिँदै खुसी साथ चाड मनाउन आग्रह गरे । प्रनाउ खापुङले विभिन्न कारणले कैदी जीवन विताउन बाध्य भएपनि भुल सुधारको अवसरको रुपमा लिन आग्रह समेत गरे । उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले चाडपर्वका बेला सवैले मिठो मसिनो खाने र रमाईलो गर्ने चलन रहेकाले विभिन्न कारण कारागर पुगेर बन्दी जीवन विताउन बाध्य भएकाहरुले पनि खुसीपूर्वक च्यूरा मासु खान पाउन भनेर उपहार प्रदान गरेको बताए । कार्यक्रम संघका अध्यक्ष भारीको अध्यक्षता, महासचिव दयाराम पौडेलको स्वागत मन्तव्य र सदस्य राजन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleघरमै भत्ता पाउँदा जेष्ठनागरीक उत्साहित ।
Next Article कोलेस्ट्रोल र मुटुको रोगबारे