कृष्ण प्रसाद शर्मा
शीर्षकमा हनुमान देखे पछि प्रायः सबैका दिमागमा एउटा हातले पहाड बोकेर आकाशमा उडेजस्तो तस्विर आए होला अनि सोच्नु भएको होला अहिलेका बयोवृद्ध शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षाको पहाडै उचालेछन् भनेर तर त्यसो होईन यो कलियुग हो कलिमा हनुमानको अर्थ फरक छ । आजकाल हनुमान समर्थक ब्यापक छ राजनितिमा । पार्टि र निश्चित ब्यक्तिका लागी पुरै आज्ञाकारी बनेर सिङगो जनतालाई बिर्सेर हिडेको देखिन्छ । आजसम्म सरकारमा आएका शिक्षामन्त्रीमध्ये सबै भन्दा आदुरदर्शि दुईमध्ये यि एक हुन । यहाँभन्दा पहिला यस्तै लिड्के शिक्षामन्त्री आएका थिए उनले कहाँकहाँ बिगारे र त्यो पछि के भयो कानुनमा चाख राख्नेलाई पक्कै पनि थाहा होला । गोपालमानको नाम सुन्दा कहिलेकांहि आयल निगमका गोपाल खड्का र सर्वेच्चका गोपाल पराजुलीको याद आउँछन् ।
तीनै जना गोपालहरूले अहिले बजार खाएका छन् । गोपाल पराजुलीका बारेमा अझै केही दिनमा प्रष्ट हुन्छ जब आयल निगमका गोपाल खड्काको सफाई सर्वैच्चबाट सफाई पाउने छन् । हालका मन्त्रीहरूले कसले कति पढेको छ भनेर छापेको समाचारमा हालका शिक्षामन्त्रीको योग्यता उच्च नै मान्नु पर्छ । शिक्षाले बुद्धिजीवी बनायो की ज्ञानी त्यसैमा अर्थ राख्छ नत्र सिरिफ कागजका खोस्टा हुन योग्यताका प्रमाणपत्रहरू । बाहिरबाट हेर्दा त्यो नदेखिए पनि मेडिकल कलेजको संम्बन्धनदेखी यसका धेरै जसो प्रकृयामा शिक्षा मन्त्रालयको संलग्नता रहन्छ । मेडिकल कलेजका बारेमा अहिलेको शिक्षामन्त्रीलाई चासो छैन किन कि बाहिरबाट हेर्दा एमालेको मनमोहनमा सबैका आँखामा भएपनि ठुला व्यापारी मार्फत मेडिकल क्षेत्रमा लगानी गरेका तीनप्रमुख राजनैतिक दलका नेताहरू छन् । क्रिस्ट कलेज र बिएण्डसी कलेजमा को कसको लगानी छ त्यो बुझेपछि थाहा लाग्छ ।
चार दिन अगाडी कान्तिपुरमा पत्रकार मकर श्रेष्ठले १५ मेडिकल कलेज गैरकानुनी भनेर समाचार बनाएका थिए त्यो सुचिमा रहेका कलेजहरूको नाम पढ्दा उच्च नेताहरूको अनुहारको याद आउँछ । कार्यभार समाले पछि शिक्षामन्त्रीले जे जति गरेका छन् केही सिमित व्यक्तिको हित र गुटका लागी मात्र गरेका छन् । साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र शर्माले गरेको अनियमितता व्यापक हुँदा पनि औपचारिकता देखाउन स्पस्टिकरण दिन भनियो । उनले स्पष्टिकरण दिए । अझै नाटकै गरेर डोलेन्द्र शर्माले राजिनामा पनि दिए तिनको राजिनामा एक्लो थिएन । एक्लै दिएको भएपनि स्विकृत गर्ने थिएनन् अझै अन्यसँग हुँदा गर्ने कुरै भएन फेरी कामै फर्किए । यसमा गोपालमान गलत अविभावक नै भएर उभिए जसका कारण नाक थुनेर साझाका किताब पढिरहन बाध्य छन् जनताहरु अहिले । भर्खर शिक्षा ऐनको नवौं संसोधन जुन केवल २६.२२ प्रतिशत सांसद मात्र सहभागि भई पारित गरिएको छ । यो शिक्षा क्षेत्रको ईतिहासको कालो दिन हो । यसलाई तत्काल कार्यान्वयन नगरी थप छलफल नगरी अगी बढाउनु शिक्षालाई धेरै बर्षाै पर धकेल्ने काम हुन्छ । बिद्यार्थिको हक–हितका लागी भनी खोलिएका पार्टिका भातृ बिद्यार्थि संगठनहरु यो ऐन संशोधन हुने बेलासम्म घाम तापेर सुते अहिले जनदबाब बढ्न थालेपछि माहोल हेरेर यो ऐनको विरोधमा विज्ञाप्ती निकाएर ज्ञापनपत्र बुझाउन गएर बिरालो बाँध्ने प्रवृतीमा लागेका छन् । यही कुरामा असन्तुष्टी देखाएर संशोधनले नेपालको सार्वजनिक शिक्षाको इतिहासमै सर्वाधिक नोक्सानी पु¥याउने ठहर गर्दै राष्ट्रिय शिक्षा आयोगबाट शिक्षाविद् केदारभक्त माथेमा र डा. मनप्रसाद वाग्लेले अलग भएको घोषणा पनि गरेका छन् ।
संसदमा आफ्नै पार्टिका साँसद गगन थापाले प्रस्ताव गरेको संशोधन प्रस्तावलाई समेत बेवास्ता गरेनन् की अन्य २९ जनाले राखेको बिमति सहितको संसोधन प्रस्तावमा के थियो पक्षमा सही गर्नेलाई समेत अत्तोपत्तो छैन । अहिले २६ हजार अस्थाई शिक्षकलाई केवल ४० अंक प्राप्त भए स्थायी गराउने यो ऐन पास गरियो । भोली ३८ हजार राहत शिक्षकहरूलाई यो नियम लागु नहुने भन्ने हुँदैन । करीब ८२ प्रतिशत जनताका छोराछोरीलाई पढाउन दक्ष शिक्षक नभए पनि हुन्छ भन्ने पक्षमा भोट हाले साँसदहरुले भने केवल ३ जनाको मत बिपक्षमा पर्यो । अस्थाई शिक्षकलाई ब्यवस्थापन गर्न सक्ने अनेक बाटा हुँदाहुँदै अहिले यो तरीका अपनाएर शिक्षाका सिमित माफियाले झन प्रसय पाए । संसदमा यो ऐन पास गराउन एमालेले चिकित्सा शिक्षा ऐनसँग मोलतोल गरेको आरोप छ तर यो बारे एमाले बोलेको छैन तर साँसद रबीन्द्र अधिकारीले भने आफ्नो बिमति प्रष्ट संसदमा राखे तर माओबादी र काँग्रेस पनि चुपचाप छन् ।
अस्थाई शिक्षकलाई परिक्षामा सामेल गराएर एकपटक अवसर दिएर वा परिक्षामा समावेश हुन नचाहनेलाई निश्चित रकम दिएर बिदा गर्ने धेरै देशमा प्रचलन छ । यहाँ अस्थाई शिक्षक अयोग्य छन् भन्ने हिसावले यो लेख ईङगित नभई खुला प्रतिस्पर्धाबाट आउने ताजा र नयाँ सोच सहितका युवाहरूलाई पन्छाउने खालको रुपमा यो ऐन रहेको हुँदा विमति राख्न जायछ ठानेर लेखिएको हो । अहिले मेरिटको जमाना हो केवल पासले पढाएर मेरिटको परिकल्पना गर्नु पक्कै ठीक होईन । अस्थाई शिक्षकमा रहेका योग्यतावानलाई स्थान दिँदै नयाँलाई पनि यो क्षेत्रमा आउने बाटो खुला राख्न समेत यसको सशक्त विरोध गर्न जरुरी छ भने यसलाई लागु हुन दिन समेत हुँदैन । यसले योग्य अस्थाई शिक्षकलाई समेत हिनताबोध गराउँछ भने ताजा आउने शिक्षकलाई मात्र नभई भविष्यमा सरकारी विद्यालयमा किन पढाउने भन्ने प्रश्नको जबाफ समेत दिने ठाउँ सकिनेछ ।