काठमाडौं ,९ असोज– प्रा. डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् । उनको यो १२ औं असनसन हो । चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले सोमबार नै अनसन थालेका हुन् । उनले भनेका छन्, ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’ डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।
Previous Article९ असोज २०७४, ढोरपाटन दैनिक
Next Article संसदिय समितीले भन्यो-प्रत्येक वडामा इन्टरनेट पुयाउनु