बागलुङ/महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको कार्यक्रम र गतिविधि बारे जानकारी गराएको छ । शुक्रवार संस्थाले आयोजना गरेको बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमभमा प्रबन्धक सावित्री केसीले लामो समय देखि विपन्न बर्गका परिवारमा गरेको लगानीले सहकारीलाई उचाईमा लगेको बताइन् । उनले सहकारीले महिलाको शिप विकास, क्षमता अभिवृद्धि र व्वसायिक विकासका लागि सिपमूलक र आयमूलक काम गरेको पनि बताइन् ।
हाल संस्थामा ५ सय ४५ जना शेयर सदस्य, १ करोड ८० लाख शेयर रकम, ४ करोड ६३ लाख बचत र ५ करोड लगानी रहेको बताइएको छ । कार्यक्रममा सल्लाहकार लक्ष्मी बाँस्कोटा, ममतादेवी शर्मा, रामचन्द्र शर्मा, लेखा संयोजक सुमन बाँस्कोटा, कोषाध्यक्ष मनमाया श्रेष्ठ, शिक्षा संयोजक मोहन माया श्रेष्ठ, ऋण उपसमिति सदस्य अम्बिका खड्का, इन्द्र थापा, लेखा तथा अनुगमन सदस्य रञ्जु पन्त केसी, संचालक सदस्य विद्या खड्का, दुर्गा मल्ल, तिलकुमारी राना, कमल खड्का लगायतले बोलेका थिए । उनीहरुले चाडपर्वलाई विकृति अन्त्य गरेर मनाउन आग्रह पनि गरे । लिलादेवी खड्काको अध्यक्षता, लक्ष्मी केसीको स्वागत र पम्फा किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।