बागलुङ/बडा दशैंको पहिलो दिन घटस्थापना देखि बागलुङ कालिका मन्दिरमा सयौं भक्तजन ओइरिएका छन् । मन्दिरमा धौलागिरी बाहेक देशका अन्य धेरै जिल्लाबाट भक्तजन आएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।प्रसिद्ध शक्तिपिठ मध्येको एक भएकोले कालिका मन्दिरमा बर्षेनी हजारौं भक्तजन आउने गरेका हुन् । कालिकाको भाकल गर्दा आूटेताकेको पुग्ने विश्वास छ । प्रतिकुल मौषमका बीच आएका भक्तजनले चढाएको भेटी र अन्य आम्दानी स्वरुप शुक्रवार मात्र ९४ हजार ४ सय ७५ रुपैयाँ संकलन भएको छ । भेटीबाट ५० हजार ५ सय, परेवा विक्रिबाट २७ हजार, बोकाको मुढ विक्रिबाट १८ हजार, कुखुराबाट १ हजार २ समेत सहयोग आएको हो ।