बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण कार्यका लागि शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले ५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । संस्थको छैठौ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष दिपक गौतमले नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई नगद रकम हस्तान्तरण गर्नु गरेका थिए ।हामी सबैको रहर नेपाल पत्रकार महासंघको घर भन्ने नाराका महासंघले भवन निर्माण गर्न थालेको छ । भवन निर्माणका लागि महासंघले १ करोड ३० लाख रुपैया बजेटको व्यवस्थान गर्दैछ । स्थानीय तह, जिल्ला तथा केन्द्रीय स्तरका विभिन्न कार्यालय, संघ संस्था, सहकारी संघ संस्था लगायत व्यक्तिगत रुपमा समेत भवन निर्माणका सहयोग प्राप्त भइरहेको अध्यक्ष शिरिषले जानकारी दिए ।भवनको निर्माणका लागी सहयोग आउने क्रम जारी रहेको उनले बताए ।
Previous Articleगुण्डा समूह र प्रहरीबीच राजधानीमा गोली हानाहान
Next Article कृषि उत्पादनमा जोड दिऔंःढुङ्गाना