प्रजिअ बस्नेतको नेतृत्वमा उत्तरी गोरखा पुग्नेहरुमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश अधिकारी, राष्ट्रिय अनुसन्धानकी गोरखा प्रमुख रजनी घिमिरेलगायत सुरक्षा टोली सहभागी छन्। त्यसैगरी, नेपाल पत्रकार महासंघ गोरखा शाखा अध्यक्ष किशोरजङ्ग थापा, पद्धति बिकास सेवा केन्द्रका कर्मचारी रबिन अधिकारी र अर्का एक कर्मचारी चुमनुब्री गाउँपालिका १ सामागाउँ, साम्दो गाउँ पुग्ने टोलीमा छन्।
प्रजिअ बस्नेतले आफूहरु नेपाल–चीन (तिब्बत) सीमाको अवस्थाबारे अनुगमन गर्न र भूकम्प पछि उत्तरी भेगको पुनर्निर्माण अवस्था बुझ्न गएको बताएका छन्। साम्दो पुगेका टोलीलाई सीमासम्म पुर्याउन घोडा ब्यबस्था गरिएको बताइएको छ। साम्दोबाट करिब चार घण्टाको दूरीमा सीमा आइपुग्छ। पद्धति बिकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछानेका अनुसार भूकम्पपछि पुनःलाभ र पुनर्निर्माणका क्षेत्रमा चुमनुब्री गाउँपालिकामा सिआरएस र पद्धतिले काम गर्दै आएको छ। सो काम अवलोकन गर्न प्रजिअसहितको टोली लगिएको हो।
सिआरएसको अर्थ सहयोगमा पद्धतिको साझेदारीमा कामका लागि नगद, लघुजलबिद्युत्को कुलो मर्मत, खानेपानीलगायतका क्षेत्रमा काम हुँदै आएको बताइएको छ। सीमा हेर्ने, साम्दो, सामागाउँ, ल्हो र प्रोक गाउँमा भूकम्पपछिको पुनर्निर्माणलगायत बिभिन्न क्षेत्रको अनुगमन गर्ने बताइएको छ। सो टोली आइतबार प्रोकको नाम्रुङबाट हेलिकोप्टर चढेर गोरखा आउने कार्यक्रम छ।
Previous Article७२ स्थानको मतपरिणामः को कहाँ विजयी ?
Next Article गुण्डा समूह र प्रहरीबीच राजधानीमा गोली हानाहान