बागलुङ, ६ असोज – दुई नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ। मतगणना भइरहेका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ७२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएका ७२ स्थानीय तहमा सबैभन्दा बढी कांग्रेसले २४ वटामा जित हासिल गरेको छ। कांग्रेसलाई पछ्याइरहेको नेकपा माओवादी केन्द्रले १४ वटा स्थानीय तह जितेको छ।
यस्तै, संघीय समाजवादी फोरम नेपाल १२ र राजपा नेपाल ११ वटा स्थानीय तहमा विजयी भएका छन्। यसैगरी एमालेले ८, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दलले एउटा स्थानीय तहमा जित हासिल गरेका छन्।
हेर्नुस् सूची, कुन दलले कहाँ जिते ?
नेपाली कांग्रेस :
१.रौतहटको परोहा नगरपालिका
२.सप्तरीको विष्णुपुर गाउँपालिका
३.धनुषाको जनक नन्दनी गाउँपालिका
४.सिरहाको नवराजपुर गाउँपालिका
५.धनुषाको औरही गाउँपालिका
६.सर्लाहीको धनकौल गाउँपालिका
७.बाराको करैयामाई गाउँपालिका
८.सप्तरीको बेल्ही चपेन गाउँपालिका
९.सर्लाहीको रामनगर गाउँपालिका
१०.धनुषाको धनौजी गाउँपालिका
११.पर्साको पर्सागढी नगरपालिका
१२.सर्लाहीको हरिपुर्वा नगरपालिका
१३.महोत्तरीको लोहारपट्टी नगरपालिका
१४.धनुषाको क्षिरेश्वर नगरपालिका
१५.बाराको निजगढ नगरपालिका
१६.सिरहाको कल्याणपुर नगरपालिका
१७.रौतहटको गढीमाई नगरपालिका
१८.महोत्तरीको बलवा नगरपालिका
१९.रौतहटको चन्द्रपुर नगरपालिका
२०.रौतहटको फतुवा विजयपुर नगरपालिका
२१.सर्लाहीको बसबरिया गाउँपालिका
२२.धनुषाको धनुषाधाम नगरपालिका
२३.सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका
२४.रौतहटको राजदेवी नगरपालिका
नेकपा एमाले :
१.सप्तरीको सप्तकोशी नगरपालिका
२.धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका
३.धनुषाकै बाटेश्वर गाउँपालिका
४.पर्साको पटेर्बा सुगौली गाउँपालिका
५.सिरहाको नरहा गाउँपालिका
६.सिरहाको सखुवा नान्कारकट्टी गाउँपालिका
७.धनुषाको मिथिला बिहारी नगरपालिका
८. सिरहाको सुखिपुर नगरपालिका
नेकपा माओवादी केन्द्र :
१.सिरहाको कर्जन्हा नगरपालिका
२.सिरहाको अर्नामा गाउँपालिका
३.पर्साको ठोरी गाउँपालिका
४.रौतहटको मौलापुर नगरपालिका
५.सिरहाको औरही गाँउपालिका
६.महोत्तरीको रामगोपालपुर नगरपालिका
७.रौतहटको यमुनामाई गाउँपालिका
८.महोत्तरीको गौशाला नगरपालिका
९.महोत्तरीको साम्सी गाउँपालिका
१०.सिरहाको धनगढीमाई नगरपालिका
११.पर्साको छिपहरमाई गाउँपालिका
१२.सिरहाको मिर्चैया नगरपालिकामा
१३.धनुषाको सहिदनगर नगरपालिका
१४.सर्लाहीको बागमती नगरपालिका
राजपा नेपाल :
१.धनुषाको हंशपुर नगरपालिका
२.सर्लाहीको कौडेना गाउँपालिका
३.बाराको देवताल गाउँपालिकामा
४.सप्तरीको डाक्नेश्वरी नगरपालिकामा
५.महोत्तरीको महोत्तरी गाउँपालिका
६.सप्तरीको रुपनी गाउँपालिका
७.सर्लाहीको ब्रम्हपुरी गाउँपालिका
८.महोत्तरी, मटिहानी नगरपालिका
९.बाराको परवानीपुर गाउँपालिका
१०.रौतहटको गौर नगरपालिका
११.पर्साको कालिकामाई गाउँपालिका
संघीय समाजवादी फोरम :
१.सिरहाको विष्णुपुर गाउँपालिका
२.सिरहाको भगवानपुर गाउँपालिका
३.सर्लाहीको पर्सा गाउँपालिका
४. महोत्तरी, सोनमा गाउँपालिका
५.पर्साको विन्दवासिनी गाउँपालिका
६.बाराको पचरौता नगरपालिका
७.सप्तरीको तिरहुत गाउँपालिका
८.रौतहटको देवाही गोनाही नगरपालिका
९.धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा
१०.धनुषाको गणेशमान चारनाथ नगरपालिका
११.बाराको फेटा गाउँपालिका
१२.महोत्तरीको भगाह नगरपालिका
नेपाल लोकतान्त्रिक फोरम :
१.सर्लाहीको विष्णु गाउँपालिका
२.रौतहटको इशानाथ नगरपालिका
नेपाली जनता दल :
१.पर्साको कालिकामाई गाउँपालिका
७२ स्थानको मतपरिणामः को कहाँ विजयी ?
Previous Article६ असोज २०७४, ढोरपाटन दैनिक
Next Article एनजीओको निम्तो मान्न गोरखाका सिडिओ हेलिकोप्टरमा सरर