बागलुङ/एकता सहकारी संस्था बागलुङले जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । दशैको पहिलो दिनको अवसर पारेर गरिएको बिजया दशमी, दिपाबली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जेष्ठ सदस्यलाई सम्मान पनि गरेको हो । बिहिवार भएको कार्यक्रममा ३८ जेष्ठ सदस्यलाई सम्मान गर्दै चाडबाड खर्च स्वरुप १ हजार ५ सय रुपैयाँको दरले नगद सहयोग समेत गरेको प्रवन्धक दीपकराज भण्डारीले बताए । कार्यक्रममा सहभागिले चाडपर्वलाई मितव्ययी बनाएर मनाउनुपर्ने र बचतलाई बढाउँदै उद्यममा लगानी गर्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष धु्रवप्रसाद शर्माको अध्यक्षता, सचिव महेशचन्द्र प्रधानको संचालन र उपाध्यक्ष सीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, संस्थापक अध्यक्ष चण्डीप्रसाद शर्मा, सल्लाहकार काजी गाउँले श्रेष्ठ, सहदेव राजभण्डारी, डा. कृष्णबहादुर श्रेष्ठ, मिठू श्रेष्ठ, लालचन्द्र राजभण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।