बागलुङ/प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘प्रेस काउन्सिल पत्रकारिता’ पुरस्कार बागलुङका दुई पत्रकारले पाउने भएका छन् । जिल्लाको बलेवाका ओमप्रसाद घायल र बिहुँका कोपिला कँडेलले पुस्कार पाउने भएका हुन । प्रेस काउन्सिलले विज्ञप्ति प्रकाशन गरि विभिन्न विधामा पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । छुट्टा छुट्टै दुई पुरस्कारका लागि घायल र कँडेल छनौटमा परेका हुन् ।
साविकको पैञ्युपाटा गाविस वडा नं ३ घर भएका घायल मोदी काली साप्ताहीक पर्वतको कार्यकारी सम्पादक तथा सामुदायीक रेडीयो सालिग्रामका स्टेशन म्यानेजर हुन । यो लगायत लगायत पर्वतका बिभिन्न सञ्चार तथा साहित्यीक क्षेत्रमा उनि कृयाशिल छन् । घायलले २०५६ सालमा न्यु धौलागीरी आवाज साप्ताहीक र धौलागीरी आवाज साप्ताहीक बागलुङबाट सकृय पत्रकारीता सुरु गरेका हुन ।
त्यस्तै साविकको बिहुँ १ कि कँडेल बागलुङलाइनै कार्यक्षेत्र बनाएर कृयाशिल पत्रकारीतामा छिन् । २०६२ सालमा ढोरपाटन दैनिकबाट पत्रकारीता सुरु गरेकी कँडेलले धौलागिरी स्टार साप्ताही, बागलुङ साप्ताहीक लगायतका पत्रिकामा काम गरेकी थिइन । कँडेलले सयपत्रि एफ एम बागलुङ, रेडियो नेपाल, इबागलुङ अनलाइन, मुक्ति क्षेत्र दैनिक, लगायतका सञ्चार संस्थामा काम गर्दै आयकी छिन् । घायल र कँडेलले जनहि दश हजार नगद सहित पुरस्कृत गरीने प्रेस काउन्सिलले जनाएको छ ।
त्यस्तै ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ । यी दुई पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार रहेको छ । त्यसैगरी ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई प्रदान गरिने छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ) लाई प्रदान गरिनेछ ।
काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान गर्ने भएको छ । ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ कोपिला कँडेल (बाग्लुङ) सहित इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), र अञ्जली थापा (मकवानपुर) लाई प्रदान गरिएको छ ।
‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ ओमप्रसाद घायल (पर्वत) सहित रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर), नमनकुमार शाही (दैलेख) लाई प्रदान गरिने भएको छ ।
त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरूङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रूचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ) लाई प्रदान गरिनेछ । ‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ जना, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच जना र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीन जना पत्रकारलाई प्रदान गरिनेछ ।