काठमाडौं, ५ असोज – प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेकपा एमाले र नेपाली कांग्रेसले अग्रता लिएको छ । आठ जिल्लाका १३६ स्थानमध्ये १५ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले र कांग्रेस ४/४ स्थानमा बिजयी बन्दै बराबर स्थान ओगटेका हुन । यस्तै नेकपा माओवादी केन्द्र, राजपा र फोरम लोकतान्त्रिकले दुई–दुई स्थानीय तहमा जीत हासिल गरेका छन । संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेको छ ।
एमालेले जितेका स्थानीय तह
१ सप्तकोशी नगरपालिका,सप्तरी
२ बटेश्वर गाउँपालिका,धनुषा
३ मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४ पटेर्वा सुगौली गाउँपालिका,पर्सा
कांग्रेसले जितेका स्थानीय तह
१ औरही गाउँपालिका, धनुषा
२ जनकनन्दिनी गाउँपालिका, धनुषा
३ नवराजपुर गाउँपालिका, सिरहा
४ बिष्णुपुर गाउँपालिका, सप्तरी
माओवादी केन्द्रले जितेको स्थानीय तह
१ कर्जन्हा नगरपालिका, सिरहा
२ अर्नामा गाउँपालिका, सिरहा
संघीय फोरमले जितेका स्थानीय तह
१ विष्णुपुर गाउँपालिका, सिरहा
राजपाले जितेका स्थानीय तह
१ हंशपुर नगरपालिका, धनुषा
२ कौडेना गाउँपालिका, सर्लाही
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१ इशानाथ नगरपालिका, रौतहट
२बिष्णु गाउँपालिका, सर्लाही