बागलुङ/ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारले निसीखोला गााउँपालिकाका बाढी पहिरो पीडितका लागी बुधवार राहत रकम वितरण गरको छ । सामुदायिक रेडियो परिवर्तनको संयोजन र समाजको आर्थिक सहयोगमा उक्त रकम वितरण गरिएको हो । गत साउन २० गते आएको पहिरोमा परि निसीखोला २ का एकै परिवारका वर्ष ६६ का मनिमान छन्त्याल, वर्ष ६३ की नन्दकली छन्त्याल, वर्ष २२ की विन्दु छन्त्याल र वर्ष १८ की गीता छन्त्यालको मृतुभएको थियो । सेवा समाजले मृतक परिवारका सदस्य रिम बहादुर छन्त्याललाई राहत रकम नगद रु २६ हजार रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।
यस्तै, निसीखोलाकै वडा नं. १ की मृतक खगिसरा सिंजालीका छोरा लाल बहादुर सिंजालीलाई राहत रकम रु १५ हजार वितरण गरिएको छ । त्यसैगरी पहिरोमा परि ज्यान गुमाएका ढोरपाटन नगरपालिका ५ पाखापानीका मृतक ओम बहादुर कामीको परिवारजनलाई रु १५ हजार गरि सेवा समाजले कुल ५६ हजार रकम वितरण गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारले गरेको मानवीय कार्यप्रती धन्यबाद दिदै यस खालको राहत कार्यले पीडितको घाउलाई मलहम पट्टी गर्न सहयोग मिल्ने बताए । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष शोभा कुमारी कार्की, वडा नं. १ का अध्यक्ष ईन्द्र बहादुर मल्ल, २ का अध्यक्ष कुविर विश्वकर्मा, ३ का अध्यक्ष जुन विक्रम शाही, ४ का अध्यक्ष टिकानिधी पौडेल, ५ का अध्यक्ष हर्कमान घर्ति, ६ का अध्यक्ष सुर्य बहादुर घर्ति, ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त राहत वितरण कार्यक्रम सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका अध्यक्ष लोकेन्द्र सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।साथै आजै निसीखोला गाँउपालिकाले पनि बाढी पहिरोमा ज्यान गुमाउने मृतकका परिवारजनलाई राहत रकम वितरण गरेको छ । बाढी पहिरोबाट सबभन्दा बढी क्षती पुगेका रिम छन्त्याललाई प्रति मृतक परिवारको जनही ३० हजारका दरले ४ जनाको १ लाख २० हजार र घर भत्किएको १० हजार गरि १ लाख ३० हजार राहत रकम वितरण गरिएको छ । यस्तै मृतकका परिवार लाल बहादुर सिंजालीलाई प्रती मृतक जनही ३० हजार र घर भत्कीएको १० हजार गरि कुल ४० हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।
उक्त राहत रकम जनप्रतिनिधी, संचारकर्मी, पीडित परिवार र स्थानियको रोहवरमा गाँउपालिकाका प्रमुख तारानाथ पौडेलले वितरण गरिएको थियो ।