३ असोज, काठमाडौं । बलरहरुको अलराउण्ड प्रदर्शनको सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको चेन्नईमा सम्पन्न पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ ।एसआरएम विश्वविद्यालयको मैदानमा सोमपाल कामी र बसन्त रेग्मीले उत्कृष्ट ब्याटिङपछि २ सय १७ रनको लक्ष्य पछ्याएको तमिनाडु पि्रमियर लिगको डिन्डिगुल ड्रयागन्सलाई ३५.३ ओभरमा नेपालले ६३ अलआउट गरेको थियो ।
डिन्डिगुलका लागि बासुदेवनले २५ मोहम्मद असिफले २४ रन र रथ्नमले १५ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।नेपालका लागि सागर पुनले ३, सोमपाल र सन्दीप लामिछाने समान २ विकेट लिए । सुशील कँडेल र ललितसिंह भण्डारीले समान १/१ विकेट लिए । खेलमा नेपालले ६ बलर प्रयोग गरेको मध्ये विकेट लिन नसक्ने बसन्त एक्ला रहे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल र बसन्तको शतकीय साझेदारीको सहयोगमा ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन जोडेको थियो ।
दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे ।त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो । ओपनर ज्ञानेन्ऽ मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १/१ रनमात्र बनाउन सके । सुशील कँडेल १ रनमा अविजित रहे ।
Previous Articleप्रदेश २ मा पनि मत च्यात्ने प्रयास ।
Next Article एनटिसि(NTC) का ग्राहकलाइअव मोवाइलमानै लाइभ टिभी