३ असोज, सिमरा ।/बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो । माओवादी केन्ऽका एक प्रतिनिधिले आफू नभएको बेला मतपेटिका खोलिएको भन्दै उनीहरुले विवाद झिकेका हुन् ।प्रहरीले तनाव साम्य पार्ने प्रयास जारी राखेको छ भने बिभिन्न दलका सांसद पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बारागढीका निर्वाचन अधिकृत रमेश घिमिरेले बताए ।
Previous Article३ असोज २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article अभ्यास खेलमा नेपालले जित्यो