बागलुङ/बिशेष बाल कक्षा बागलुङका बिद्यार्थीहरुलाइ सोमबार शैक्षिक सामाग्री बितरण गरिएको छ । १७ औं राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको अवसर पारेर राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था नेपालले बाल कक्षाका ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको हो । बिद्यार्थीहरुमा शैक्षिक हौसला प्रदान गर्नको लागि शैक्षिक सामाग्रि बितरण गरीएको बाल कक्षाका प्रधानध्यपक युक्तजंग राजभण्डारीले बताए । बिद्यालयले सञ्चालन गरेका बिबिध खेलकुद कार्यक्रममा सहभागी भई सफलता हाँसिल गरेका बिद्यार्थीलाई समेत शैक्षिक सामाग्री बितरण गरीएको राजभण्डारीले बताए ।
उनिहरुलाई कापीकलम लगायतका शैक्षिक सामग्रि बितरण गरिएको थियो । बिद्यार्थीहरुलाई सामााग्रि बितरण गर्दै संस्थाका केन्द्रिय सचिव अगम पालिखेले सुस्त मनस्थिति भएका बालबालीका हरुको बृत्ति बिकासमा आम नागरिकहरुको सकरात्मक सोचको आवस्यकता रहेको बताए । उनिहरुलाइ मायाँ ममता र स्नेहको आवस्यकता रहेको औल्याउँदै पालीखेले अभिभावक र समाज जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिए । सोही अवसरमा संस्थाका पुर्व कार्यसमिती सदस्य टिकाबहादुर खड्काको स्मृतिमा उनका छोरा देवेन्द्र खड्काले बिद्यार्थीहरुलाई खाद्यान्न प्रदान गरेका छन् । उनले चामल, दाल, आलु लगायतका खाद्यान्न प्रद्यान गरेको बिद्यालय स्रोतले जनाएको छ । कार्यक्रममा हिराबहादुर केसी, चन्द्रमणि पौडेल, कृष्ण शर्मा, देवेन्द्र खड्का लगायतले बोलेका थिए ।
संस्थागत अध्यक्ष खड्कबहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनमायाँ खड्ले स्वागत र सचिव निरज शाक्यले सञ्चालन गरेका थिए । सोहि अवदसरमा बिद्यालयको वर्तमान अवस्था र भावि कार्यक्रमको बारेमा बिद्यालयका प्रद्यानध्यापक युक्तजंग राजभण्डारीले जानकारी दिए ।