जिल्लाको ताराखोलामा जन्मिएका खगेन्द्र बिक अहिले बागलुङका एक सफल भिडियो निर्देशकका गनिन्छन् । थोरै तर निकै मेहेनत गरेर बनाएका केही भिडियोहरुले बजारमा चर्चा पाएपछि उनी सफल निर्देशकको सुचीमा पर्छन् । लामो समयसम्म सञ्चार माध्याममा काम गरेका बिक गीतको लेखन, गायन र श्रव्यदृष्य निर्माणमा समेत राम्रो दखल राख्छन् ।
ढोरपाटन दैनिक बागुङबाट आफ्नो पत्रकारिताको सुरुवात गरेका उनी गल्कोट एफएमहुँदै अहिले नेपाली सांगीतिक क्षेत्रमा निर्देशकको रुपमा परिचय बनाउन सफल भएका छन् । पहिलोपटक गाउँले साथीभाईहरु सँग सडक नाटक निर्देशन गरेका उनी अहिले नेपाली लोक तथा दोहोरीगीत र आधुनिक गीतको दृष्य निर्माण गर्न थालेका हुन् । बिकले ‘आँखै गाजलु’ नामक एल्बमबाट नेपाली सांगीतिक क्षेत्रमा प्रबेश गरेका थिए । स्वर र शव्द आँफै भरेर बजार ल्याएको यस एल्बमले राम्रो बजार पाएपछि उनी हौसिए । दोस्रो एल्बम ‘पा¥यौ जालै’मा बजारमा आयो । यो गीत निकै चर्चामा आएपछि उनी एक्कासी गीतहरुको भिडियो निर्माणमा समेत लागे । एउटा सर्जकले सिर्जना गरेको गीतलाई कथामा उतारेर श्रव्यदृष्य सामाग्री निर्माण गर्ने काम निकै कठिन काम हो । तर उनले २०६६ सालमा तत्कालिन टेली सिरियल दलनको टिमसँग सिकेको निर्देशन कलालाई व्यवहारमा उतार्ने भुत उनमा चढ्यो । सँगै तालिम सिकेकी रेखा साहले टेलीचलचित्रको निर्देशन गरेको देखेपछि उनि पनि अन्तर आत्मामा लुकेको कलालाई बाहिर ल्याउन जोखिम मोले र अन्ततः सफल पनि भए । बिकले गायन तथा लेखनको अलावा निर्देशन गरेको पहिलो एल्वम आधुनिक गीतको एल्बम थियो ।
भविता घर्तिको एकल स्वर रहेको ‘मेरो प्यारो मायालाई’ नामको गीतको उनले छायाँकन र निर्देशन गरे । ‘गीत सफल भएपछि भिडियो निर्देशनमा लाग्ने हौसला मिल्यो’ –विकले ढोरपाटनसंग भने । उनले अन्जु पन्तको आवाज रहेको ‘समय’ एल्बमको गीत ‘प्रिय तिम्रो नजरबाट’ पनि निर्देशन गरेका छन् । ‘ताराखोले सोल्टिनी सालैज्यु’ र ‘धनले माया लाको’ उनले निर्देशन गरेका सफल गीत हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा मास्टर डिग्रीको अध्ययनरत बिकले फुर्सदको समय सांगीतिक क्षेत्रमा खर्चदै आएको बताए । छिट्टै बजारमा आउन लागेका दर्जन बढि भिडियो निर्देशनको लागि अनुरोध आएको भएपनि समय अभावमा केही भिडियोहरु निर्माणमा मात्रै आफुले समय दिने उनले बताए । भिडियो निर्देशन गर्दा प्राप्त हुने सामान्य खर्चले उनको मनमा कहिलेकाहीँ झस्काउने गरेको छ ।
निर्माणकर्ताले ठुलो लगानी गर्ने भएपनि बिचौलियाको कारण आर्थिक हिसावले यो क्षेत्र कठिन रहेको उनले बताए ।
सानै छँदा गाउँघरमा घन्किने सालैजो र यानीमायाहरुको प्रभावले लोकगीत लेखन तथा गायनमा लागेका बिक सांगीतिक क्षेत्रमा आफ्नो फराकिलो उपस्थिति देखाउने सुरमा छन् । ‘म धेरै मेहनत गरेर काम गर्न चाहन्छु’ बिकले भने– ‘हामीले गरेको कामले लगानीकर्ता र दर्शक स्रोता दुवैको आत्मा सन्तुष्टि होस भन्ने हो ।’ गाउँघरका सामाजिक काममा समेत निकै चासो राख्ने उनले दर्जन बढि सामाजिक संघ संस्थामा समेत काम गर्दै आएका छन् । अन्तमा खगेन्द्र बारे छुटाउनै नहुने कुरा के होभने उनी उद्घोषण कलामा पनि माहिर छन् । गाउँ शहरमा हुने मेला महोत्सवमा अनिवार्य जस्तै बनेका खगेन्द्रको उद्घोषण कलाले दर्शकलाई मनोरञ्जनसंगै कौतुहलता जगाई दिने हिम्मत राख्छन् । –तारानाथ आचार्य÷बागलुङ