२ असोज, काठमाडौं । सरकारले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।त्यसैगरी बैठकले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने अर्को निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको बिधेयक मन्त्रिपरिषद बैठकबाट पारित भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बिधेयक पारित गरी संसदमा पठाउने निर्णय गरेको हो ।बैठकले कसैको उपचारमा लापरवाही भएमा सो वापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी कानून निर्माण गर्ने निर्णय गरेको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक मन्त्रिपरिषद बैठकबाट पारित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको लागि दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई तीन सय सैयामा स्तरोन्नति गर्ने निर्णय पनि भएको छ ।
Previous Article७५ प्रतिशतमा दलहरु सहमति नजिक
Next Article देउवा सरकार बन्यो इतिहासकै जम्बो मन्त्रिपरिषद