काठमाण्डौ/आइफोन एक्सको घोषणा गरे लगतै एप्पलका सिइओ टिम कुकले भन्नुभएको थियो, ‘पहिलो आइफोन लञ्च भएपछि आइफोन एक्स अहिलेसम्मकै ठूलो छलाङ हो ।’ क्यालिफोर्नियामा एप्पलको नयाँ कार्यालय स्टीव जब्स थिएटरमा मंगलबार आइफोन आउन थालेको १० वर्ष पुगेको अवसर पारेर आइफोन एक्स विशेष रुपमा सार्वजनिक गरिएको थियो ।
आइफोन एक्स धेरै अर्थमा छलाङ हो । पहिलो कुरा तर आइफोनको इतिहासमा यो सबैभन्दा महंगो फोन हो । यसको मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।
यसमा प्रयोग गरिएको प्रविधि एप्पलले अहिलेसम्म कुनै पनि आइफोनमा प्रयोग गरेको छैन । एप्पलका लागि यो प्रविधि वा एप्लिकेशन क्रान्तिकारी हुन सक्छ, तर मोवाइल फोन इन्डस्ट्रिका लागि यो नयाँ भने होइन । आइफोन एक्समा भएका केही विशेषता यस्ता छन्, जुन अरु फोनमा पाउन सकिन्छ ।
१) ओलिड स्क्रिन
आइफोनको लुकमा सबैभन्दा ठूलो परिवर्तन भनेको होम बटन नहुनु हो । यसको ठाउँमा एण्ड टु एण्ड ओएलइडी स्क्रिन छ ।तर यो आइफोनको सबैभन्दा ठूलो प्रतिस्पर्धी दक्षिण कोरियाली कम्पनी सामसुङले बनाएको हो । सामसुङले यसको प्रयोग ग्यालेक्सी एस एट र ग्यालेक्सी नोट एटमा गरेको छ ।
२) फेस आइडी
नयाँ फोनको विषयमा एप्पलको अर्को ठूलो दाबी हो, अनलक गर्नका लागि फेस आइडी प्रयोग भएको छ । यो प्रविधिले प्रयोगकर्ताको अनुहारको पहिचान गरेर फोन अनलक गर्छ । यो प्रविधि आइफोन टच आइडी (फिंगर प्रिन्ट) को ठाउँमा आएको हो । तर यो प्रविधि पनि नयाँ भने होइन । यो प्रविधि विवादास्पद पनि रहेको छ र यसको आलोचना पनि भएको छ । सामसुङले यसको पहिले प्रयोग गरेको थियो । सन् २०१६ मा सामसुङले नोट सेभेनमा यसको प्रयोग गरेको थियो ।
३) इमोजी एनिमेशन
एप्पलको कोशिश थियो कि, उले आफ्नो आइफोनमा एनिमेटेड इमोजी फिचर दिएर विश्वमा इमोजीको बढ्दो लोकप्रियता बढाउने छ । यसलाई एप्पलले एनिमोजी नाम दियो । एनिमोजी थ्री–डी प्रविधिमा आधारित छ र अनुहारको हावभावलाई फोनको फ्रन्टमा रहेको क्यामरामा रेकर्ड गर्छ । एप्पलको यो फोन ५० प्रकारका हावभाव रेकर्ड गर्न सक्छ । यसका आधारमा १२ प्रकारका इमोजी बनाउन सक्छ । तर एनिमेटेड इमोजी एप्पलको खोज भने होइन । मोवाइल फोन बजारमा यसअघि नै यो प्रविधि थियो । मेमोजी र इमोजी एप्लिकेशन यसका उदाहरण हुन् ।
४) वायरलेस चार्जिङ्ग
आइफोन एक्समा अर्को नयाँ फङसन वायरलेस चार्जिङ्ग हो । आफ्नो वेबसाइटमा एप्पलले लेखेको छ ‘आइफोन एक्स पहिलो आफइफोन हो जुन बिना केबलको भविष्यलाई देखेर डिजाइन गरिएको हो । यसलाई चार्ज गर्नका लागि केबलमा कनेक्ट गर्नु पर्दैन ।’ तर यो प्रविधि सामसुङले यो प्रविधि आफ्नो टर्मिनलमा यसअघि नै प्रयोग गरेको थियो ।
Previous Articleट्रान्सफर्मर पड्किएपछि विद्युत आपुर्ति बन्द
Next Article २ असोज २०७४, ढोरपाटन दैनिक