पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृषि र पशुपालनमा बिनीयोजन गरेको हो ।
जलजला गाउँपालिकाले कृषिमा १ करोड १० लाख र पशुपालनमा ६३ लाख गरि कृषि र पशुपालनमा १ करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । यसअघि गाउँसभा हुँदा कृषि र पशु सेवातर्फको बजेट गाउँपालिकामा गएको बारे जानकारी नभएपछि सडक, बिद्युत र सवारी साधन खरिदमा बिनियोजन भएकोमा यस पटक कृषकहरुको आवाज र सरोकारवाला कार्यालयको आग्रहपछि बजेट पुनरावलोकन गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए । गाउँसभाले आर्थिक बर्ष २०७४÷७५ मा पशुपालन र कृषिमा बजेट बिनियोजन गरेको थिएन । गाउँपालिकाले यस बर्ष अध्यक्षका लागि सवारी साधन खरिदमा ६० लाख बिनियोजन गरेको थियो ।
‘मैले बरु एक बर्ष आफ्नै गाडी चढ्छु, कृषकका माग सम्बोधन गर्नुपर्छ भनेर कृषि र पशुपालनमा उक्त बजेट बिनियोजन गरेका हौ’ उनले भने । यसबाहेक प्रत्येक वडामा यसअघि बिनियोजन भएको बजेटबाट ७ लाख ५० हजारका दरमा काटिएको छभने बिद्युतका पोल खरिद र सडक स्तरउन्नती गर्ने बजेटबाट समेत घटाएर कृषिमा बिनियोजन गरिएको छ । पशुपालन र कृषिको पकेट क्षेत्र रहेको उक्त गाउँपालिकामा कृषकहरुले बजेट बिनियोजन गर्न दबाब दिदै आएका थिए ।
अघिल्ला बर्षहरुमा जिल्ला कृषि बिकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयबाट बिनियोजन भएको रकमबाट तालिम, पुर्वाधार र अन्य क्षेत्रमा अनुदान पाउँदै आएका कृषकहरुले गाउँपालिकाबाट बजेट बिनियोजन नहुँदा मर्कामा परेको गुनासो गरेका थिए । गाउँ सभाले आगामी आर्थिक वर्ष २०७४रु७५ का लागि ३६ करोड १४ लाख ९३ हजार रुपियाँ बरावरको बजेट सार्वजनिक गरेको थियो । चालु खर्चतर्फ सामाजिक सुरक्षा भत्ताको रकम र सर्सत अनुदान १५ करोड ५७ लाख ८ हजार सहित जम्मा २३ करोड ९२ लाख ४८ हजार रुपियाँ विनियोजन गरिएको छ । यसैगरि पुँजीगततर्फ १२ करोड २२ लाख ४५ हजार रुपियाँ विनियोजन गरिएको थियो । यस्तै पर्वतका अन्य स्थानिय तहमा पनि कृषि, पशुपालन तथा अन्य बिषयगत क्षेत्रमा बजेट बिनियोजन नभएको भन्दै सरोकारवाला कार्यालयहरुले गुनासो गर्दै आएका छन् । गाउँपालिकामा निर्सत अनुदानको रुपमा गएपछि सबै बजेट पुर्बाधार निर्माणका क्षेत्रमा बिनीयोजन भएका छन् । केही दिन पहिले पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल पर्वत आउँदा पनि कार्यालयहरुले उक्त माग राखेपछि सबै स्थानिय तहलाई बिशेष गाउँ, नगर सभा गरेर बजेट पुनराबलोक गर्न आग्रह गरेका थिए ।
Previous Article२०७४ असोज १ आइतबारको राशिफल
Next Article सरकारी पुर्वाधारको अनुगमन नगर्ने हो ?