देशमा गणतन्त्रको स्थापना पश्चात जनताले चुनेर राष्ट्रको अभिभावक बनाउने परिपाटीको थालनी भएको छ । राष्ट्रपति अर्थात राष्ट्रको अभिभावक नेपालले बिभिन्न कालखण्ठमा विभिन्न प्रकारबाट चुनेको छ । नेपालको पहिलो राष्ट्रपति बनेका रामवरण यादव तत्कालिन पुर्नस्थापित प्रतिनिधिसभाका बिद्यायकहरुको मतबाट बनेका राष्ट्रपति हुन् । उनी नेपालको पहिलो राष्ट्रपति त बने तर जनताले दिएको मतबाट उनी बन्न पाएनन् । त्यतिबेला पार्टीहरुले मनोनित गरेका प्रतिनिधिहरु सांसदमा थिए र उनीहरुकै भोटका आधारमा उनी राष्ट्रपति मात्रै बनेन् पहिलो र दोस्रो गरेर दुई पटकसम्म भएको संबिधानसभाको निवार्चनसम्म टिके पनि ।
नेपालको पहिलो महिला राष्ट्रपति बनिन् बिद्यादेवी भण्डारी । उनी संबिधान निर्माणको लागि जनताले आफ्नो मत प्रयोग गरेर प्रतिनिधिसभाको समेत जिम्मेवारी दिएर पठाएका सांसदहरुको मतको आधारमा निर्वाचित हुने राष्ट्रपतिमा परिन । अन्तरिम संबिधानले व्यवस्था गरेअनुसार संबिधान निर्माण तथा जारी गर्ने र संसदीय प्रक्रियाद्धारा गर्नुपर्ने सबै काम गर्ने गरी जनमतको आधारमा पठाइएका प्रतिनिधिहरुको मतबाट निर्वाचित भएकाले उनी राष्ट्रपति हुनुमा जनताको प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा अभिमत रहेको स्विकार गर्न सकिन्छ । व्युत्याइएको प्रतिनिधि सभा र जननिर्वाचित संबिधानसभाबाट निर्वाचित हुने यि दुई भाग्यमानी राष्ट्रपतिको निर्वाचित हुने प्रक्रिया अलग–अलग देखियो । नेपालमा पहिलो, दोस्रो र तेस्रो राष्ट्र पनि निवार्चित हुने बेलासम्म आइसक्दा जनताले प्रयोग गर्ने मतको प्रकृया पनि अलग अलग गर्दै तिन किसिमको हुने भएको छ । हिजो रामवरण यादव भन्दा बिद्यादेवीको प्रकृया अलग थियो र अब बन्ने राष्ट्रपतिको लागि अझै अलग खालको प्रक्रिया हुनेछ ।
अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । यसमा जनताको मतको अझै धेरै ताकत पुग्ने कुरामा कसैको दुई मत नहोला । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा सरकारले संसदमा पठाउन लागेको विधेयकमा दुई तहका सांसदहरुको मतभार निर्धारण गरिसकेको अवस्थामा अब त्यो बिधयेक पारित भएमा जनताले राष्ट्रपतिको लागि दुई प्रकारबाट मत प्रयोग गर्न सक्ने छन् । मतभार अनुसार संघीय संसदको एकजना सांसदको दिएको एक मतलाई ७९ मतका रुपमा गणना गरिनेछ । प्रदेश सभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिनेछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको छ । यो हिसाब प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो । यसरी हेर्दा प्रदेश र केन्द्र सांसदमार्फत जनताले राष्ट्रपतिको लागि मत खसाल्ने छन् ।
अनेकौं व्यवस्थाहरुको बाटो गरेर देशको अभिभावक चुन्ने यात्रा भएपनि अझैपनि नेपाली जनताले आफ्नो सिधा मत प्रयोग गर्ने वातावरण भने बनेको छैन । संबैधानिक रुपमा जे जसरी गएपनि नेपालको अहिलो आवस्यकता भनेको जनताले प्रत्यक्ष रुपमा आफ्नो प्रतिनिधि चुन्न पाउने बढ्दो चाहना छ । कार्यकारीको व्यवस्था नभएपनि कम्तीमा राष्ट्रको नायक चुन्दा जनताको सिधा मत प्रयोग गर्दा नै जनताले आाफ्नो प्रतिनिधित्व महसुस गर्नेछन् ।
Previous Articleशेरबहादुर देउवाको मुस्कान !
Next Article कृषि र भूसंरक्षणमा समुदाय सक्रिय