भरत बागलुङे
दृष्यः १
बेलायती शोफामा विराजमान मुलुकका अधिपति शेरबहादुर देउवा ती मन्द–मन्द मुस्कानका साथ देशी वियरको चुस्की लिंदैछन्, छेवैमा फाले ढाकेको चेहेरामा आक्रोस, आवेग र दुःखका सुनामीले छोडेका आँसु पुछ्दै श्रीमती देउवा बोलिरहेकी छन् फेरी फेरी यस्तो मौका आउँदैन हजुर कमसेकम मेरा माइती खलकबाट पनि मन्त्री परिषदमा सदस्य राख्नुपर्ने नी ?
रिसको काला पहाड बोकेर हिँड्ने प्रधानमन्त्री देउवा आज अति प्रशन्न देखिन्छन् उनको प्रसन्नता भर्खरै विस्तारित मन्त्री परिषदको सङ्ख्याको कारण थियो । उनी चाहन्छन् इतिहासमा नाम लेखिने काम गर्नु पो बहादुरी नत्र त के राजनीति गर्नु ? के प्रधानमन्त्री बन्नु ? देउवा महोदय पुलकित हुँदै दायाँतर्पm फर्किदै सोध्छन् कि कसो कामरेड ? होइन भने लाइ ! मने तपाइँसँग मैले सकिन प्रधानमन्त्री ज्यू ! दायाँ तर्पmको शोफामा विराजमान भूतपूर्व आतंककारी कामरेड पुष्पकमल दाहाल उर्पm प्रचण्डले प्रतिउत्तरमा भने
। ती मुलुकका अधिपति श्रीमान् देउवा र श्रीमती देउवाको घरायसी झगडाको दुर्लभ क्षणको साँक्षी बस्ने शौभाग्यले उत्तरआधुनिक मुस्कानका साथ प्रस्तुत भइरहेका देखिन्थे । क्षण–क्षण हजुर माननीय ज्यूहरु प्रतिक्षामा हुनुहुन्छ के गरौँ । महोदय नीजि सचिवले सूचना जाहेर गरिरहेका थिए । होइन भने लाइ ।
कामरेड मन्त्रीको माग गर्ने माननीयहरुको लाइनै लाछ थपौँ की क्या हो ? गिलासमा वियर थप्दै नाके डाँडीमाथीको चश्मा सज्दै परम्परावादी ढर्राले जिब्रो निकाल्दै देउवाले प्रस्ताब गरे । मने थप्ने र ? आप्mना दुवै कुम उचाल्दै कामरेड प्रचण्डले अट्टहास गरे । हजुरलाई जे मन लाग्छ गरिस्योस् । श्रीमती देउवा ठुस्कदै बेडरुमतिर लागिन । होइन भने लाइ । साह्रो आपद पो परो त कामरेड । श्रीमती देउवाको पश्चागमनलाई नियाल्दै देउवाले प्रचण्डसामु लाचारी व्यक्त गरे । मने, मौकाको फाइदा लिन खोज्नु नराम्रै त कहाँ होर प्रधानमन्त्री ज्यू ? हजुर विद्यार्थीले बालुवाटार घेर्ने भन्दै नारा लगाउँदै आउँदैछन् रे !
नीजि सचिवले ढोकाको चेपबाट आप्mनो चिण्डे टाउको छिराएर जानकारी गरायो । होइन भने लाइ । काम नपाकाहरु कस्ता विद्यार्थी हुन ? देउवाले प्रश्न गरे आक्रोसमिश्रित शैलीमा । किन घेर्नु परो रे ? खै हजुर मन्त्री परिषद विश्वकै ठूलो भयो रे, भ्रष्टाचारीले आजीवन चुनाव लड्न पाउनु हुन्न रे, पूर्व साँसदले सेवा सुविधा लिन पाइँदैन भन्दै छन् रे । चिण्डे टाउको कन्याउँदै नीजि सचिवले फेहरिस्त प्रस्तुत गर्यो । होइन भने लाइ । अब कसो गरम कामरेड निराश मुद्रामा देउवाले प्रश्न गरे । मने विरोधीको पछि लागेर हुन्न । प्रधानमन्त्री ज्यू, भूतपूर्व आतंककारी कामरेड प्रचण्डले घोषणा गरे जसरी हुन्छ काँग्रेस माओवादी अब मिलेरै चुनावमा जानुपर्छ र मने विपक्षीलाई धुलो चटाउनै पर्छ । मने हाम्रो बहुमत ल्याएसी कसको तागत हल्लाउने । होइन भने लाइ । मन्त्री नबनाम माननीय बाहुनको शरणमा जालान भन्ने डर बनाम विपक्षीले बस्न खान दिएनन् आधा गिलास वियर स्वाट्ट पार्दै देउवा कड्किए गए राज्यको सम्पति जाने हो यिनलाई केको टाउको दुखाई हो । मैले विदेशीलाई मन्त्री बनाको छुर ? नेपालीलाई धनी बनाउने मेसो झिकेको छुत कामरेड । कामरेड प्रचण्ड आप्mना घना जुगाँलाई दुई हातले मुसार्दै बैठकबाट बाहिरिए ।
दृष्यः २
सडक गनाइरहेको छ । सामाजिक संजालका भित्ता ती पनि गनाईरहेका छन् । संचारमाध्यम ती दुर्गन्धका विरुद्ध उभिइरहेका छन् । ऋण, भय, सन्त्रास, दुःख, पीडा, आवेग र चिन्ताले थला परेको नागरिक बबुरो सडक किनारामा उभिएर गम खाइरहेको छ । यत्राविधि मन्त्री यत्रो सानो मुलुकमा किन चाहिए होला ? राजनीतिज्ञसँग नैतिकताको थोरैमात्र पनि शेष अवशेष के साँच्ची अब जीवित नरहेकै हो त पशुपतिनाथ ? भ्रष्टाचारी भने अदालतले बिगो असुल उपर गरेका र जेल परेका बद्नाम मान्छेलाई काँधमा बोकेर कुन लोकतन्त्रको अभ्यास गर्दै होलान् यो मुलुकका राजनीतिज्ञहरु पशुपतिनाथ ? पूर्व साँसदलाई पेन्सनको माग गर्नु कुन न्याय र नैतिकताभित्र पर्छ होला पशुपतिनाथ ? पशुपतिनाथ उ मौन छ ।
न्यायको हत्या, नैतिकताको हत्या, इमान र आचरणको हत्या गरेर हामी कस्तो समृद्ध नेपालको लोरी गाउँदैछौँ ? अभाव, भोक, रोग, अशिक्षा, शोषण, दमन लोकतन्त्रको आवरणभित्र ती चिरस्थायी बनिरहेका छन् । विदेशी भूमीमा नागरिक भोक, अभाव र दुःखलाई जीवनको राजमार्गबाट हटाउने कसरतमा छ, दुःखको कुरो उसमाथीको अन्यायमा सरकार मौन छ । नागरिक न टेक्ने अँखेटो न समात्ने हाँगोको नियतिमा जीवनको बयल गाढा बाइरोडको बाटोमा गुडाईरहेछ । लुटेरो राजनीतिज्ञ चुनाव जितिरहेको छ र सरकार चलाईरहेको छ । उफ !
दृष्यः ३
मुलुकले भर्खर भर्खर पाँच दर्जन मन्त्री पाएको छ । मधेशका बाढी पीडितका आँसु सुकिसकेका छैनन् र भ्रष्टाचारीहरु एकसय दश किलोको माला पहिरेर रथयात्रामा दाशहरुको लोरी सुन्दै शहर परिक्रमा गर्दैछन् । केही थान पूर्व साँसदहरु सडक अवरुद्ध पार्दै छन् साँसद हुनुको निवृत्तिभरणको माग गर्दै । र संसदको रोष्टम घेरेर भ्रष्टाचारीलाई चुनाव लड्न पाउने हक स्थापित गराउन केही थान काँग्रेसका सभासद लज्जाको हत्या गरिरहेका छन् । सामाजिक संजालमा केही सय या हजार हनुमानहरु नवनियुक्त मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै चाकडीको नयाँ इतिहास निर्माण गर्दैछन् ।
लोकतन्त्र यतिविधि कुरुप नहुनु पर्ने नागरिक सडक किनारामा बसेर बसन्त विद्रोहको स्मरण गरिरहेछ । उसभित्र आक्रोस, आवेग र विद्रोहको बीउ अंकुरण भइरहेछ । मन्त्री मण्डलका सदस्यलाई सपथग्रहण गराउँदै युद्ध जितेको आवेगमा पुलकित सिपाही जसरी हाँसिरहेका सम्माननीय प्रधानमन्त्री ज्यूलाई थाह छ या छैन नागरिकभित्र विद्रोहको अंकुरणबारे ? लोकतन्त्र भनेको मनपरीतन्त्र हो भने म हजार पटक तिम्रो लोकतन्त्रविरुद्ध मुठ्ठी उठाएर मूर्दावाद् भन्छु सडकको एकछेउबाट धुलाम्यै बटुवा चिच्याइरहेको छ । चेतना भया !