बागलुङ/ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले नगरपालिका–६ सुब्जागाँउमा मिलन महिला आमा समुहले निर्माण गरेको २ कोठे भवनको उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै नगर प्रमुख नेपालीले सुब्जागाँउ तथा आसपासको क्षेत्र पर्यटकीय सम्भावना बोकेको ठाँउ भएकाले यस क्षेत्रको विकासका लागी आमा समुह सक्रिय भएर लाग्नुपर्ने बताए ।
महिला समुहले गर्ने हरेक सामाजिक कार्यमा आफु जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको बताउदै नगरप्रमुख नेपालीले आमा समुहले विगतदेखी नै सराहनीय कार्य गर्दै आएकोमा धन्यवाद समेत दिए । महिलाहरुको आयआर्जनका लागि महिलाहरुबाट थोरै–थोरै रकम भएपनि वचत गरेर सहकारी सञ्चालन गर्न सकिने र त्यसका लागी आफुले सहकारी दर्ता प्रक्रिया अगाडी बढाइदिने उनले प्रतिवद्धता जनाए । नगरप्रमुख नेपालीले महिला समुहले उक्त ठाँउमा अं्रग्रेजी माध्यमबाट बालशिक्षा कक्षा सञ्चालन गर्न चाहेमा भवन निर्माणमा सहयोग गर्ने विश्वास दिलाउदै आमा समुहका लागी बुर्तिबाङमा रहेको इमेज वचत तथा क्रण सहकारीमा खाता खोली आफ्नो व्याक्तिगत रुपमा नगद रु २५ हजारको अक्षयकोष स्थापना गरिदिने उद्घोष गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख करमती पुन र जग्गादाता दलवहादुर घर्ती, जग्गादाता चन्द्रमला घर्र्ती, वडा नम्बर ६ का वडा अध्यक्ष जीवनकुमार पुन, वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण पुन, उत्तरगंगा मावि स्रोतकेन्द्रका पुर्व स्रोतव्यक्ति थमप्रकाश छन्त्याल, वडा नम्बर ५ र ६ का सचिव कमलप्रसाद कँडेल, ढोनपाका नायब सुव्वा चण्डिराज पौडेल, वामपन्थी नेता दधिराम अर्याल, ढोनपा नगर सदस्य गोकुल शेरचन, नेकपा एमालेका जिल्ला कमिटी सदस्य केशर छन्त्याल लगाएतले बोलेका थिए । सो अवसरमा भवन निर्माणका लागी सहयोग गर्ने जग्गादातालाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम आमा समुहकी अध्यक्ष हिरा कुमारी घर्तीको अध्यक्षता सदस्य तेजमाया घर्ती मगरको स्वागत र रिमा छन्त्याल घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
आमा समुहको २ कोठे भवन गत जेठ ५ गतेदेखी निर्माण सुरु भइ असार ९ गते निर्माण कार्य सम्पन्न भएको थियो । आमा समुहको भवन नगद ५ लाख र जनश्रमदानबाट निर्माण गरिएको अमा समुहकी अध्यक्ष हिराकुमारी घर्तीले बताईन् । भवन निर्माणका लागी नगरप्रमुख देव कुमार नेपालीले व्याक्तिगत रुपमै १ लाख १५ हजार ८५ रुपैयाँ बराबरको निर्माण सामाग्री सहयोग गरेका थिए ।
Previous Articleनगर बिकाश समितीमा मलेपती
Next Article २०७४ भाद्र २७ गते मंगलबारको राशिफल