म्याग्दी, २६ भाद्र – बेनपा–५ बगुवाखोलाममा एक परिवार भूकम्पले भत्किएपछि छिमेकीको शरणमा पुगेका छन् ।
२०७२ बैशाख १२ गतेको भूकम्पले दुईतलेको चर्किएपछि जोखिम मोलेर बस्दै आएका शिव कार्कीको परिवारले सरकारी निकायबाट सहयोग नपाएपछि छिमेकीको छाप्रोमा बस्न थालेका छन् । भूकम्पले क्षती पुगेको विवरण संकलन गर्न आएका स्वयमसेवक तथा सरकारी कर्मचारीले समेत सहयोगको आश्वासन दिएपनि राहत प्राप्त नगरेको स्थानीय बीर बहादुर बानियाँले बेनीअनलाइनलाई बताए ।
‘घरै अगाडी भूकम्पले चर्किएको घर छ । राहतका लागि हामीले पनि पटकपटक सम्पर्क गरियो’ उनले भने । भूकम्पबाट प्रभावित भएकालाई अनुदान वितरण भइरहेको अवस्थामा कार्कीको परिवारले जिप्रकाबाट १० हजारबाहेक एक रुपैयाँ प्राप्त नगरेको उनले बताए । ‘दिनभर काम नगरे खानु छैन । बास्तविक पीडित नै सरकारी सुविधाबाट बन्चित भएका छन्’ उनले भने ।
भूकम्पले ढुंगामाटोको दुईतले घरको माथिल्लो भाग भत्किएपछि जोखिम मोलेर बसेका कार्कीको परिवारलाई भत्किएर मानवीय क्षति हुने भन्दै छिमेकी शिव थापाको छाप्रोमा सारिएको थियो । थापाले बस्ने ब्यवस्था मिलाएपनि कार्की परिवारको आर्थिक अवस्था कारण घर पुननिर्माणमा समस्या भइरहेको छिमेकीले बताए । चारजनाको परिवारलाई दैनिक ज्यालामजदुरी गरेको कमाईबाट पाल्दै आएका छन् । कार्कीका श्रीमान, श्रीमति बोल्न नसक्ने भएकाले पनि तथ्याङ्क संकलनको बेलामा कर्मचारीले बेईमानी गरेको स्थानीयको गुनासो छ ।
Previous Articleखाता खोल्दै भूकम्प पीडित
Next Article दृष्टिविहिनले गिटी कुटेर परिवारको गुजरा