बागलुङ, २५ भदौ – बागलुङ जेसीजले सन् २०१६ का लागि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमका अवसरमा २ जना व्यक्तिलाई सम्मान गरेको छ ।
‘आजको सिकाई, भोलीको नेतृत्व’ भन्ने मुल नाराका साथ युवाहरुको क्षमता विकास तथा सामाजिक क्षेत्रमा क्रियाशिल बागलुङ जेसीजले पत्रकारीता क्षेत्रबाट सामाजिक, शैक्षिक, राजनैतिक समाचार संकलन गरी योगदान पु¥याएको र छोटो समयमा अन्तराष्ट्रिय स्तरको सञ्चार माध्यममा प्रवेश गरेको भन्दै रबिना बोहरालाई सम्मान गरेको छ ।
धौलागिरी टेलीभिजनका संवाददाता तथा समाचार वाचिक बोहरालाई जेसीस सप्ताहको उद्घाटन समारोमा समाचारको क्षेत्रबाट समाज परीर्वतन र विकासको क्षेत्रमा महत्वपुर्ण भुमीका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाएको छ ।
बोहरा सँगै नयाँ जिवन पुर्नस्थापना केन्द्र स्थापना गरी कुलतको नशामा फसेका युवाहरुलाइ नयाँ जिवन प्रदान गरेको भन्दै केन्द्रका सञ्चालक सन्जय खड्कालाइ पनि सम्मान गरेको छ ।
सम्मानीत व्यक्तिहरुलाइ बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दोसल्ला र प्रमाण पत्र प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले १८ बर्षदेखि ४० बर्षसम्मका युवाहरुको नेतृत्व तथा व्यक्ति विकासका लागि जेसीजले गरेको सामाजीक कामको प्रशंसा गर्नुभएको थियो ।
सप्ताह संयोजक नरेन्द्र कँडेलले कार्यक्रमको बारेमा जानकारी गराए । कार्यक्रममा स्थानीय विकास अधिकारी भरत गौतम, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख इश्वरीप्रसाद कँडेल, उद्योग वाणिज्य संघ बागलुङका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, प्रगति स्मृती कोषका संरक्षक डाक्टर कृष्णबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ बागलुङका कार्यवाहक अध्यक्ष युवराज राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापती जब्बरबहादुर लामिछाने, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पर्वत जेसीसका अध्यक्ष राजनकुमार जोशी लगाएतले बोलेका थिए ।
सम्मानीत व्यक्तिहरुको बारेमा जेसी मनोज विक र अमर बहादुर थापाले जानकारी गराएका थिए । कार्यक्रम जेसीस बागलुङका अध्यक्ष पार्वती अधिकारकिो अध्यक्षता, निर्वतमान अध्यक्ष ऋषीराम शर्माको स्वागत र जेसी जोन बज्ररार्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।