हरिनारायण गौतम
निजामती कर्मचारीहरुले ‘निजामती सेवा दिवस २०७४’ अघिल्लो साता देशब्यापीरुपमा रचनात्मक र सिर्जनात्मक काम गरी मनाएका छन् । सेवा दिवसका अवसरमा कर्मचारीले अगाडि सारेको मुल थिम ‘निजामती कर्मचारीको प्रतिवद्वता–पारदर्शिता र चुस्तता’का वारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा अहिले पनि वहस जारी छ । नाराको भाकाले नै वोलेको छ कि अवका दिनमा निजामती कर्मचारीहरु आफ्नो कार्यालयको कामप्रति वढि जिम्मेवारी वन्दै कार्यसम्पादनलाई पारदर्शी र चुस्त रुपमा अगाडि बढाउन प्रतिवद्व छन् । सेवाग्राही हरेक नागरिकले कर्मचारीवाट जे अपेक्षा गरेका थिए, सोही अनुसारको ब्यवहार गर्न आँफुहरु तयार रहेको प्रतिवद्वता आएपछि सवै खुशी हुने नै भए । यही नारामा देशब्यापी निबन्ध प्रतियोगिता आयोजना गर्नु, निजामती कर्मचारीको मात्र सहभागिता हुनु र विजेतालाई पुरस्कृत गर्नुले पनि कार्यशैली अव ब्यवहारमा लागु हुनेछ भन्नेमा विमती राख्नुपर्ने कुनै ठाँऊ नै छैन । त्यसैले यसलाई नकारात्मक रुपमा टिप्पणी गर्नुभन्दा पनि असल नियतका साथ आएको थिमलाई कार्यान्वयनको कसीमा राखेर हेर्दा नै उपयुक्त हुन्छ ।
वास्तवमा हाम्रो समाजमा केही गर्नेबाट नै अपेक्षा गरिन्छ । जसले कार्यसम्पादन गर्छ उसमा नै सकारात्मक र नकारात्मक दुवै पक्ष भेटिन्छ । राज्यका प्राय सवै कामको कार्य सम्पादन गर्ने निजामती कर्मचारीले हो र यिनीहरुबाट नै नागरिकले थुप्रै अपेक्षा राखेका हुन्छन । जसवाट अपेक्षा राखिएको हुन्छ उसैको आलोचना पनि गरिनु स्वाभाविक हो । तर कहिलेकाही आलोचना आक्रमणमा पोखिदा मात्रै समस्या आउने गर्दछन । सर्वसाधारण नागरिकहरूले सेवाग्राहीका हैसियतमा कर्मचारीबाट छिटो, छरितो, स्पारदर्शी, विनाझन्झट, मधुर बोली र मीठो सेवा व्यवहारको अपेक्षा गरेका हुन्छन् । कर्मचारी सेवाग्राहीकै लागि आफ्ना काममा उपस्थित हुने हो र सेवाग्राहीकै पसिनाबाट आर्जेको करबाट तलब सुविधा लिने हो । यस अर्थमा सेवाग्राहीका अपेक्षा स्वाभाविक पनि हुन् । कर्मचारीबाट प्राप्त हुने मुस्कान, मधुर बोली, उनीहरुको सक्रियता, सामथ्र्य र शक्तिको जोड नै सेवाग्राहीले प्राप्त गर्ने बिषय हुन् । जुन उसमाथि निष्पक्ष व्यवहार भएमा मात्र अनुभुत गर्न सकिन्छ । हुनत सेवाग्राहीका अपेक्षा पूरा गर्न कर्मचारीलाई उसको पदीय मर्यादा, संगठनको सीमा र अन्य दबाब–प्रभावले असर पार्न सक्ला ! तरपनि कार्यसम्पादनमा हुने वातावरण, हौसला र मुस्कानले मात्रै सेवाग्राहीको मन जित्न सकिन्छ । यहाँ उठाउन खोजिएको विषय कार्यशैलीगत कुरा र पारदर्शिताको नै हो ।
हुन त कर्मचारीका सेवाका विज्ञहरुले भन्ने गरेका छन्, कर्मचारीको नाम र पहिचान हुँदैन । काममार्फत नै सर्वसाधारणको मनसम्म पुग्ने, काममार्फत नै राज्य प्रणाली निर्माण गर्ने र काममार्फत नै सरकारलाई चलायमान बनाउने भएकाले कर्मचारीको मूख्य काम, धर्म, आचरण सवै हो । राष्ट्रको संविधान, कानून, नीति र नियमावलीलाई सजीव बनाउने कार्यसम्पादनले नै हो । भनिन्छ, कर्म नै कर्मचारीका आचरण भएकाले उसलाई कर्मचारी भनिएको हो । शासनको प्रशासन, नीतिको नियमन र व्यवस्थाको व्यवस्थापन कर्मचारीको कर्म हो । राज गर्ने राजनेताहरू कर्म गर्ने कर्मचारीको सक्रियताविना निर्जीव हुन्छन् । कुनै पनि सरकार त्यहाँको प्रशासनले अनुमति दिएभन्दा राम्रो बन्न सक्तैन भन्ने भनाई पनि छ । हुन त २८ औं अमेरिकी राष्ट्रपति विड्रो विल्सनले कुनै एक प्रसंगमा कर्मचारीलाई राज्यको चौथो अंग पनि भनिदिएका थिए रे’ जसले जे भने पनि राज्य व्यवस्थाको केन्द्रस्थलमा निजामती कर्मचारी नै रहन्छन् र उनलाई स्थायी सत्ता पनि भन्ने गरिएको छ । कहिलेकाही त राजनीतिक नेतालाई पनि कर्मचारीले चलाएका धेरै उदाहरण देखिएका छन् । त्यसैले पनि निजामती सेवा दिवसमा उसले अगाडि सारेको नाराका विषयमा वहस हुनु स्वाभाविक हो । नारा अनुसारको ब्यवहार आमनागरिकवाट अपेक्षा गरिएको विषय हो ।
निजामती सेवालाई आदर्श पनि भनिएको छ । यसका पछाडि पनि धेरै कारणहरु होलान । सेवानिवृत कर्मचारीका अनुसार कर्मचारीको मन ठूलो हुन्छ र मुख सानो हुन्छ रे ’ सानो मुख सेवाग्राहीसंग मधुर बोलीको लागि हो र ठूलो मन विश्वास जितेर सवैसंग मायालु बन्नका लागि हो । त्यसैले पनि यतिवेला निजामतीको नारामा सार्थकता खोजिएको छ । हुन त सेवा वितरणका काउन्टरहरूमा अहोरात्र उपस्थित कर्मचारी नेपथ्यको नामरहित पात्र हो । जनताका लागि गरिने सबै काममा निर्देशक मगजको भूमिका राजनेताको हो पनि भनिन्छ । सत्ता नामको एउटा राजनीतिज्ञकोे आदेशबेगर कर्मचारीले प्रणालीलाई क्रियाशील पार्न सक्तैनन् । नाम रहित पात्र लगातार काम गर्छ तर निर्देशकबाट हुने स्वार्थपूर्ण आदेश र फितलो दिशाबोधको प्रतिरोध गर्न सक्तैन अनि आफ्नो स्वअस्तित्व गुमाउने अवस्था वर्तमानको छ । त्यसैले प्रतिवद्धतालाई पारदर्शी ब्यवहारको खाँचो छ । कार्यमा चुस्तता समयको माग नै वनेको छ । यो त प्रणाली वन्नुपर्ने विषय थियो । प्रणाली विनाको प्रतिवद्धता, पारदर्शिता र चुस्तताको अर्थ खोज्नुपर्ने अवस्थामा अहिले समाज छ ।
निजामति सेवा दिवसको नाराको सार्थकता यिनै कुरामा निहित छ । निजामती कर्मचारी एउटा जीवन्त संगठनको विवेकशील पात्र हुन् । यो संगठनभित्र निष्पक्ष र वस्तुगत व्यवहार अपेक्षा हुनु पर्दछ । तर पछिल्ला बर्षहरुमा निजामती कर्मचारीहरु समूह भावनामा समर्पित हुनुका सट्टा समूह आस्थामा विभाजित हुँदैछन् । आस्थाका आधारमा विभाजित भएपछि त कुनै सदस्यलाई चोट लाग्दा उसलाई मात्र दुख्ने भयो । समूहभित्र ईष्र्या र द्वेष हुर्किने भएकाले माया र आपसीपना पातलिनु स्वाभाविक प्रक्रियाभित्र पर्ने नै भयो । स्वार्थका लागि विचार र आस्थाको छहारी खोज्ने प्रयासले धेरैलाई भलो गर्दैन । यसले नै संगठनभित्र सौदाबाजी हुर्किन्छ । सेवा भावमा पनि कमि आउछ । आचरण र अनुशासन पातलिँदै जान्छ । कर्म र समपर्णलाई दासतामा पु¥याउँछ । जसलाई अहिले पनि मौनरुपमा स्विकार गरिएको छ । असल निजामती प्रणाली स्थापित नहुदाँसम्म पारदर्शिता र चुस्तताले कार्यरुप पाउन सक्दैन । केवल नारामा मात्रै सिमित हुन्छ । प्रणाली सुधार्नेतर्फ ध्यान पुराउदा मात्रै आमनागरिकको अपेक्षा पुरा हुन सक्छन् ।
हामी २१ औं शताब्दीका नागरिकलाई सेवा दिने दिग्गज हौं भन्ने कुरा निजामती कर्मचारीले वुझेको विषय नै हो । त्यसमाथि प्रविधिमैत्री वातावरणको अभाव अव कसैले पनि कल्पना गर्न नसक्ने विषय वन्दैछ । पारदर्शिता र चुस्तता रहरको मात्रै विषय नभएर बाध्यता वन्दैछ । तर यसलाई सही रुपमा वुझ्न र तदअनुसारको ब्यवहार अपनाउन नसक्दा नै समस्या सिर्जना भएका छन् । समस्याको सिर्जनासँगै वर्तमानमा अगाडि सारिएको नारामा पनि प्रश्न उब्जेका छन् र टिकाटिप्णी भइरहेका छन् । यो कुरालाई अव लेखेर र भनेर भन्दा पनि ब्यवहारबाटै खण्डित हुनु पर्ने परिस्थिति निर्माण हुदैछ । कार्यालयको सूचना पाउन महिनौ कुर्नुपर्ने नागरिकले कसरी पारदर्शिताको परिभाषा वुझ्न सक्दछ, यो नै गम्भिर प्रश्न छ । जान्न पाउने नागरिकले आफ्नो अधिकार ठान्छ अनि दिने कर्मचारीले आफ्नो पेवा ठान्छ । जटिलता यी र यस्तै विषयसंग जोडिएका छन् । त्यसैले नै होला कर्मचारीले पारदर्शिता र चुस्ततामा प्रतिवद्वता जनाएको पनि । यी सवै प्रश्नको समाधान ब्यवहारबाटै दिन गरी अघि बढ्न निजामती कर्मचारी सफल बन्न सकुन्, निजामती सेवा दिवसको शुभकामना ।
Previous Articleस्वेच्छिक सदस्यता त्याग गर्न आग्रह
Next Article फर्के डाक्टर, किन चलेन डाइलाएसिस ?