बागलुङ, २४ भाद्र – बागलुङ नगरपालिकाका प्रमुख सहितका जनप्रतिनिधिले बिकास निर्माण, सरसफाई र व्यवस्थित शहर निर्माणमा उल्लेख्य काम गरेको दावी गरेका छन् ।
शुक्रवार पत्रकार सम्मेलन गरेर नगर प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र अन्य वडा अध्यक्ष समेतले जनचाहना अनुसारका काममा गरेको बताएका हुन् । निर्वाचित भएको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले १५ बुँधे बिज्ञप्ती प्रकाशित गरेर नगरको विकासमा अगुवाई गरेको दावी गरेका हुन् ।
पौडेलले आम नगरबासीलाई सेवा सुविधा र हित सम्बन्धी कामलाई सहज र सरल रुपमा संचालन गरेको दावी गरे । साथै गत आर्थिक बर्ष संचालित याजनाको कामलाई पारदर्शीता र प्रभावकारी बनाउनका लागि १३ करोड रुपैयाँ खर्च गराएको र बाँकी पैसा पनि फ्रिज हुन नदिई दायित्व सार्न सफल भएको बताए ।
पौडेलले बिपद व्यवस्थापन, नगर सरसफाईलाई प्रभावकारी बनाएको दावी गरे । साथै चाडपर्वको समयमा ग्रामीण बस्तीमा सहज सवारी चल्ने बनाउने प्रतिवद्धता पनि जनाए । हाल निकै चर्चामा रहेको फोहोरमैला व्यवस्थापनको कामलार्य धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको ५ बर्षे सम्झौतामा तत्थ्यहिन समाचार र लेखनले भ्रम सिर्जना गरेको आरोप पनि लगाइएको छ । सम्झौता अनुसार नगरपालिकाले २ वटा गाडी, मर्मत खर्च, कर्मचारी समेत दिएकोमा यो बर्ष देखि फिर्ता गराएकोले नगरमा शुल्क बढाएको पौडेलले बताए । सहकारीलाई पनि मूल्य मान्यता र आदर्श अनुरुप काम गर्ने प्रतिवद्धता जनाइएको छ । बागलुङ बजारमा सिटि हल निर्माण गर्ने बिषयमा विशेष पहल भैरहेको बताइएको छ । साथै पर्वतसँग जोड्ने अग्लो झोलुंगेपुल बारेमा पनि छलफल भई आवस्यक काम अगाडि बढेको पौडेलको भनाई थियो ।
निर्माणाधिन बसपार्कको डिपिआर बनाउने, माझी बस्ती विशेष पहल भैरहेको बताइएको छ । साथै पर्वतसँग जोड्ने अग्लो झोलुंगेपुल बारेमा पनि छलफल भई आवस्यक काम अगाडि बढेको पौडेलको भनाई थियो । निर्माणाधिन बसपार्कको डिपिआर बनाउने, माझी बस्ती छिटै निर्माण सकिने, ढलको व्यवस्था गर्ने, कालिका भगवती गुठीको सहकार्यमा बन्यजन्तु संरक्षण उद्यान निर्माण गर्ने र सडक सौर्यवत्ति जडानको कामलाई निरन्तरता दिने योजना प्रमुखले अगाडि सारेका थिए ।
उपप्रमुख खड्काले करको दायरा बढाउने योजना भएपनि उद्योग बाणिज्य संघको छलफलमा दर समेत बढाउने निष्कर्ष निस्केको उनले दावी गरे । उता व्यवसायीले भने दर बढेकोमा विरोध गरेका छन् । २०५४ देखि दर नबढेकोले यो पटक बढाइएको पनि उनले दावी गरेका छन् । त्यस्तै भवन निर्माण संहिता पालनाको क्रममा भएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने बताइएको छ ।
खड्का निर्वाचित हुनु अघि नगरपालिकाले मापदण्डको नाउँमा नगरवासीलाई अन्याय गरेको भन्दै आन्दोलनको अगुवाई गरेका थिए । उनले कतिपय पुराना मागबाट पछि नहटेको पनि बताए । नगरपालिकाले तीन तीन महिनामा कार्यक्रम र उपलब्धीको सार्वजनिकीकरण गर्दै जानुपर्नेमा कार्यक्रममा पुगेका पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले सुझाव दिए ।
Previous Article‘स्थानियको चाहना अनुसार शिक्षा’
Next Article २४ भाद्र २०७४, ढोरपाटन दैनिक