बागलुङ, २४ भाद्र – रोजगारीका लागि जापानमा गएर गाउँ फर्केका गलकोटका एक युवाले गाउँमै कुखुरापालन गरेर मनग्ने आम्दानी गर्न सफल भएका छन् ।
रोजगारीका क्रममा करिब ७ वर्ष जापान बसेर स्वदेश फर्केका गलेकाट नगरपालिका–५ हरिचौर बागलुङका ललित श्रीसले गलकोटमै पहिलोपटक शुरु गरिएको लेयर्स जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । गलकोट नगरपालिका–५ हरिचौर लाम्पाटामा ८ रोपनी जग्गामा कुखुरापालन गरेका श्रीसले १ रोपनी जग्गामा सुन्तला र तरकारी खेती समेत गरेका छन् । जापानको सफल सुन्तला खेती देखेर गाउँमा सुन्लता खेती गर्ने लक्ष्यका साथ गाउँ पसेका श्रीसले सुन्तला खेतीसंगै कुखुरापालन गरेर गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
शुरुमा १० लाख लगानी गर्ने योजनाका साथ कुखुरापालन व्यवसाय शुरु गरेका ललितले ६० लाख लगानी गरेका छन् । ‘अण्डा उत्पादन हुन थालेपछि बिक्री वितरणका लागि गाडी समेत खरिद गर्दा ६० लाख लगानी भएको छ’ उनले भने । व्यवसाय गर्नका लागि गलकोट वचत तथा ऋण सहकारी संस्था लि. र जनएकता कृषि तथा पशुपालन सहकारी संस्था हरिचौरबाट कर्जा लिएको उनले जानकारी दिए । २०७३ को असोजदेखि कुखुरा फारम शुरु गरेका श्रीसले गत चैतदेखि अण्डा बिक्री गर्न थालेका हुन् । १ हजार ७ सय चल्ला ल्याएकोमा हाल १ हजार ६ सय ६२ कुखुरा रहेको र दैनिक १ हजार ६ सय अण्डा उत्पादन हुने गरेको श्रीसले बताए ।
उत्पादन भएको अण्डा बिक्री गरी हाल दैनिक १८ हजार रुपैंया आम्दानी हुन थालेको हो । चितवनबाट दाना ल्याउदा खर्चिलो हुनाले १२ हजार जति दैनिक खर्च हुन्छ, दैनिक ६ हजार नाफा हुने गरेको श्रीसको भनाई छ । ठाउँको हिसावले पनि बाहिरबाट आउने अण्डा भन्दा बढी स्वादिलो हुने भएकाले हाल गलकोट र ताराखोला क्षेत्रमै उनले उत्पादन गरेका अण्डा खपत हुने गरेका छन् ।
गलकोट नगरपालिकाको हरिचौर, हटिया, नरेठाँटी, मल्म, काँडेवास तथा ताराखोला गाउँपालिका अन्तर्गत तारा, हिल, अर्गलमा अण्डा बिक्री हुने गरेको छ । खोर निर्माण, चल्दा खरीद लगायत गरि सुरुमा करिब ३५ लाख खर्च भएको र गाडी समेत गर्दा ६० लाख लागत लागेको श्रीसको भनाई छ । ‘जापानमा मासिक २ लाख आम्दानी हुन्थ्यो तर धरै दुःख थियो, अर्काको काममा खटाए अह्राएको काम गर्नूपर्ने, समयमा खान र सुत्न समेत नपाइने अवस्था थियो । य
हाँ परिवारसंगै बसेर जापानमा जति नै पैसा कमाउन सकिन्छ भने किन विदेशिनु प¥यो ? –श्रीसले भने । ‘फरक तरिकाले गर्न सके स्वदेशमै पैसा कमाउन सकिन्छ, त्यसकारण यही केही गरौ’ युवाहरुलाई श्रीसको यस्तो आग्रह छ ।
Previous Articleथाली नाचको म्युजिक भिडियो
Next Article ‘स्थानियको चाहना अनुसार शिक्षा’