पर्वत /लामो समय देखिको विवाद टुंगीएसंगै कुश्मा नगरपालिकाको नगर परिषदको लागि बाटो खुलेको छ । नगरपालिकाले निर्माण गर्नुपर्ने निर्देशिकामा सहमती जुटेसंगै नगरपालिकाको लामो समयसम्मको विवाद समाधान भएको हो । निर्देशिकामा सहमती नजुटेमा नगरप्रमुखले अन्तिम निर्णय प्रयोग गर्ने वा बहुमतले निर्णय भन्ने विवादका वीच अन्यौल ग्रस्त बनेको कुश्मा नगरपालिकाको विवाद अन्ततः विहिबार समाधान भएको कुश्मा नगरपालिका वडा न ७ का वडा अध्यक्ष सुवास पौडेलले जानकारी दिए ।
बहुमत सहितका वडा नगरकार्य पालिका सदस्य र नगरप्रमुख वीच बहुमत वा एकल मत भन्ने विषयको बहस अन्ततः टुंगीएको छ । सहमतीमा सवै निर्णय प्रक्रियामा नगरप्रमुखले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरा उल्लेख भएपछि नगर कार्यपालिकाको विवाद समाधान भएको बताइएको छ । लामो समय देखिको विवाद टुंगीएसंग कुश्मा नगरपालिकाको नगरसभा आगामी असोज ४ गते भित्र गर्ने सहमती समेत भएको पौडेलले जानकारी दिए ।