सुपथ मुल्यको पसल संचालन
तारानाथ आचार्य
बागलुङ, २१ भाद्र – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड बागलुङ शाखाले मंगलवारदेखि नुन र चिनीको सहुलियत दरको पसल सञ्चालमा ल्याएको छ ।
नजिकिंदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै कर्पोरेशनले सहुलियत पसल सञ्चालमा ल्याएको हो । चार्डपर्वका बेला हुने कालोबजारी र कृतिम अभावको भार उपभोक्तालाई पर्न नदिन उक्त पसल सञ्चालमा ल्याइएको शाखा प्रमुख मनोज कुमार श्रेष्ठले बताए ।
दशैं तिहार जस्ता चार्ड लक्षित गरी कर्पोरेशनले डेढ महिनाका लागि पसल सञ्चालनमा ल्याएको हो । सामान्य बजारमा ८४ रुपैयाँदेखि ९० रुपैयाँसम्म पर्ने चिनी कर्पोरेशनले ७७ रुपैयाँ ५० पैसामा उपलव्ध गराएको छ । कर्पोरेशनले गतबर्ष सञ्चालन गरेको सस्तो पसलमा चिनीको मुल्य ७९ रुपैंयाँ थियो ।गतबर्षको तुलनमा यसबर्ष चिनीको गुणस्तर पनि राम्रो रहेको र १ रुपैयाँ ५० पैसा मुल्य समेत कम रहेको श्रेष्ठले दाबी गरे । गतबर्ष १६ रुपैयाँमा बिक्रि भएको नुन यसबर्ष बढेर १८ रुपैयाँ पुगेको छ । सामान्य बजारमा भने नून २० रुपैयाँ पर्छ । गत बर्ष एक लाख केजी चिनी र एक हजार बोराभन्दा धरै नुन उपभोक्तालाई उपलव्ध गराएको कर्पोरेशनले यसबर्ष थप प्रचार–प्रसार गरि अझ धेरै उपभोक्ताई उपलव्ध गराउने लक्ष्य राखेको श्रेष्ठले बताए ।
कर्पोरेशनको शाखा कार्यालयको हाता भित्रबाट नै सञ्चालित पसलबाट एक जना उपभोक्ताले एक पटकमा बढिमा ६ किलो चिनी र ३ किलो नुन खरिद गर्न पाउने ब्यबस्था मिलाईएको छ । कर्पोरेशनले बिक्री गरेको चिनी गुणस्तरीय र सस्तो रहेको र नुन समेत सस्तोमा बिक्री भएकाले खुल्ला बजारमा जाने सम्भावनासँग सजग रहनुपर्ने मा श्रेष्ठले जोड दिए ।
ढोरपाटन सँगको छोटो कुराकानीमा श्रेष्ठले सहुलयित पसलबाट खरिद गरी अन्य पसलहरुबाट बिक्री हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन सञ्चारमाध्याम तथा उपभोक्ता मञ्चलाई आग्रह गरे । सहुलियत पसलको मंगलबार प्रमुख जिल्ला अधिकारी बिष्णुबबहादुर थापाले शुभारम्भ गरे । उक्त अवसरमा थापाले ६ किलो चिनी र तिन किलो नुन सहुलियत दरमा उपभोक्तालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै थापाले कर्पोरेशनले उपलव्ध गराएको सेवा लिन जिल्लाका दुरदराज सम्मका उपभोक्ताहरुलाई आग्रह गरे । कर्पोरेशनले बिक्री गर्न लागेको चिनी सामान्य बजारको भन्दा गुणस्तरीय र सस्तो रहेकाले जतिसक्दो लाभ लिन थापाको आग्रह थियो । प्रचार–प्रसारको अभामा सरकारले उपलव्ध गराएका सेवा सुबिधाको बिषयमा उपभोक्तालाई जानकारी नै नहुने गरेको भन्दै थापाले सहुलियत पसलको सक्दो प्रचार गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले कर्पोरेशनको सहुलियत पसलले अप्रत्यक्ष रुपमा बागलुङ बजारका व्यवसायीहरुलाइ समेत फाइदा पुग्ने भन्दै कालोबजारी हुन नदिन आफुहरु सधै सजग रहने बताए ।
उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले कर्पोरेशनले दिएको सुविधा अधिकतम उपभोग गर्न उपभोक्ताहरुलाई सुझाए । कार्यक्रमको सञ्चालन राजेन्द्र आचार्यले गरेका थिए ।
Previous Articleबेचबिखन विरुद्वको दिवस मनाईयो
Next Article अनेरास्ववियुकाे विस्तारित बैठकः प्रदेश संयोजक तोकियो