काठमाण्डौ/२०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले आफ्नै आगनमा पराजय ब्यहोरेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपालल २–१को अन्तर बेहोर्दै खेल ताजिकिस्तानलाइ सुम्पियो । एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो । स्ट्राइकर बिमल घर्तीमगर र मिडफिल्डर बिक्रम लामा सुरुवाती टोलीमा नपरेको खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो ।
खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।