बागलुङ, २० भाद्र – नेपाल रेडक्रस सोसाईटीको ५५ औं स्थापना दिवशको अवसरमा सोमबार बागलुङमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवशको अवसरमा प्रवचन, सचेतना ¥याली र बिरामीलाई फलफूल वितरण गरेर मनाईएको हो ।
प्रवचन कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले विशुद्ध मानवीय सेवामा लागेर रेडक्रसको परिचय दिन सबैलाई आग्रह गरे । ‘जाँ हेनरी ड्युनाले जुन सोच र योजनाका साथ रेडक्रस स्थापना गरेका थिए, त्यो उच्च मानवीयता हामीले देखाउन सकेमा रेडक्रस जिवन्त रहन्छ’ थापाले भने, ‘दुःखको समयमा रेडक्रस छ भन्ने भावना अझै समाजमा पु¥याउन आवस्यक छ ।’
जिल्ला र देशभर गएको बाढी र पहिरो पिडितको घाउमा मलम लगाउन रेडक्रसले अगुवाई गर्नुपर्नेमा पनि जोड दिएका थिए । दोश्रो विश्व युद्धमा घाईते भएकालाई उपचार गर्नका लागि ड्युनाले रेडक्रसको स्थापना गरेका थिए । कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, कालिका उपशाखाका कावा अध्यक्ष उशा पौडेल लगायतले पनि बोलेका थिए । जिल्ला सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता, उपसभापति राजेन्द्र आचार्यको स्वागत र उपकोषाध्यक्ष जीवन शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न उपशाखा र जुनियर रेडक्रस सर्कलले संकलन गरेको ६० हजार ९ सय २८ रुपैयाँ जिल्ला दैविप्रकोप उद्दार समितिमा हस्तान्तरण गरिएको थियो ।
राहत संकलन अभियानमा जुरेस कालीगण्डकी माविले ८ हजार १ सय २ रुपैयाँ, युएस एकेडेमीले ५ हजार ४ सय ३५, पैयुँपाटा उपशाखाले २० हजार ८ सय १५, रामरेखा उपशाखाले ८ हजार ४ सय ५, मालिका उपशाखाले ५ हजार ११, रात्माटा उपशाखाले ११ हजार १ सय ६० र मालिका माविको जुरेसले २ हजार रुपैयाँ सहयोग गरेको शर्माले जानकारी दिए ।
यसै बीच रेडक्रस दिवशकै अवसरमा विभिन्न विद्यालयका जुरेशका सदस्यले प्रभातफेरी गरेका थिए । जिल्ला शाखाले धौलागिरी अञ्चल अस्पतालका विरामीलाई फलफूल वितरण गरेको थियो ।
Previous Articleआमालाई पापीनी भनेजस्तै हो रजस्वला पाप मान्नु
Next Article एमाले बागलुङको संगठन विस्तार