बागलुङ, १९ भाद्र – जिल्लामा पहिलोपटक फुटसल प्रतियोगिता हुने भएको छ ।
बागलुङमा संचालनरत रश आवर फुटसल प्रा.लि.ले यहि भदौ २७ गतेदेखि रश आवर फुटसल कप–२०७४ गर्न लागेको जनाएको छ । धौलागिरी अञ्चलमै पहिलोपटक बागलुङमा संचालनमा आएको फुटसलको प्रचार–प्रसार र खेलाडी उत्पादन गर्ने उद्देश्यले अञ्चल स्तरिय प्रतियोगिता गर्न लागिएको प्रा.लि.का प्रोपाईटर राजु केसीले जानकारी दिए ।
भदौ २५ गतेसम्म नाम दर्ताको समय राखिएको प्रतियोगिता ५ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र २० हजार, कप, मेडल र प्रमाण प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, बेस्ट किपर र अनुशासित टिमले नगद ३ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने केसीले जानकारी दिए ।
प्रतियोगिता संचालनको लागि ३ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको ।
Previous Articleप्रदेशकै नमुना पुस्तकालय बनाउने हाम्रो अभियान
Next Article १९ भाद्र २०७४, ढोरपाटन दैनिक