बागलुङ, १६ भाद्र – इतिहास बोकेको नेपाल कै पुरानो बिद्यामन्दिर पुस्तकालय बागलुङलाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने प्रतिबद्धता ब्यक्त गर्दै १० औ रास्ट्रिय पुस्तकालय दिबस बिहिबार सम्पन्न भएको छ ।
‘जीवन पर्यन्त शिक्षाको लागि एक स्थानीय तह एक नमुना पुस्तकालय’ भन्ने मुल नारा साथ शुरू भएको रास्ट्रिय पुस्तकालय दिबसको मुख्य दिन अहिले सामुदायिक पुस्तकालयको महत्व अहिले झन् बढेर गएको धारणा सरोकारवालाले बताए ।
बिद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस बागलुङका सहायक क्याम्प प्रमुख हरिप्रसाद पाण्डेय, पुस्तकालयका सल्लाहकार देबबहादुर श्रेष्ठ, बागलुङ नगर खानेपानी सरसफाई उपभोक्ता समितिका सचिव रामबहादुर केसी, पुरस्कृत बिद्यार्थी अनिल गौतमले मन्तब्य ब्यक्त गरेका थिए ।
गंगा प्रसाद स्मृति कोषबाट वक्तृत्वकला प्रतियोगितामा प्रथम दोस्रो र द्वितीय हुनेलाई नगद र प्रमाण–पत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्मा संचालन सचिब राम थापा ‘अविरल’ले गरेका थिए ।
२००३ सालमा स्थापना भएको नेपाल कै इतिहास बोकेको पुरानो सामुदायिक पुस्तकालयलाई अब प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने नयाँ अभियान शुरू भएको यसलाई सबैले सहयोग र समर्थन गर्न अनुरोध गरेको छ ।
Previous Articleहाइड्रोपोनिक सिस्टमबाट तरकारी खेती
Next Article थापाखोला जलविद्युतबाट विद्युत उत्पादन शुरु