बागलुङ, १६ भाद्र – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं ) जिल्ला समिति बागलुङको बिद्यार्थी जागरण अभियानअन्र्तगत बुधबार ढोरपाटन नगरपालिका–४ मा रहेको प्रकाश माध्यामिक विद्यालयमा भेला सम्पन्न भएको छ ।
भेलाले बालकुमरी अर्गेजाको अध्यक्षतामा २७ सदस्यीय मुल इकाई समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा मनोज सुनार सचिवमा सुदिप बुढाथोकी, उप–सचिवमा केसमाया अर्गेजा र कोषाध्यक्षमा खगेन्द्र गोतामे रहेको छैठौँले जनाएको छ ।
सदस्यहरुमा हेमराज कार्की, सचिन बुढाथोकी, नारायण घिमिरे, टोककुमारी अर्गेजा, जमुना छन्त्याल, सपना अर्गेजा, कृसिका पुन, अनबिर रसाइली, कामना छेत्री, प्रमिला बोहोरा, रोशन केसी, राम कार्की, लवण रसाइली, चित्र बहादुर बुढाथोकी, बिष्णु रसाइली, दिनेश सिर्पाली, निर्जला फगामी, मदन फगामी, कोपिला अर्गेजा, हिमशिला बुढाथोकी, रेस्मा पुन र सुमन सार्की छन ।
कार्यक्रममा बोल्दै छैठौँका केन्द्रिय महासचिव भीमलाल पोखरेलले देशको बिद्यमान पिछडिएको अबस्थामा आमूल परिबर्तन गर्नुपर्नेमा जोड दिए । पाखे्रेलले आमुल परिवर्तनको लागि बिद्यार्थी बर्गको महत्वपूर्ण भुमिका रहने बताए ।
कार्यक्रममा छैठौँका केन्द्रीय सदस्य अर्जुन शर्माको आतिथ्यता रहेको थियो । कार्यक्रम जिल्लाव्यापी रुपमा चल्ने र ढोरपाटन नगरपालिकाको नगर भेला भदौ १६ गते शुक्रबार बुर्तिबाङमा गरिने छैठौका जिल्ला अध्यक्ष शिव चालिसेले बताए ।
भेलाले सोही विद्यालयको कक्षा १० र ९मा समेत छुट्टाछुट्टै सहइकाई समिती गठन गरेको छ । कक्षा १० मा नारायण घिमिरेको अध्यक्षतामा २७ सदस्यीय र कक्षा ९ मा सुदिप बुढाथोकीको अध्यक्षतामा २३ सदस्यीय समिती गठन गरेको छैठौँले जनाएको छ ।
Previous Articleनोटबन्दी बिफल कालोधन भेटिएन
Next Article हाइड्रोपोनिक सिस्टमबाट तरकारी खेती