जैमुनी नगरपालिकाको मेयर निर्वाचित भएपछि इन्द्रराज पौडेल आफ्नो नगरलाई कसरी समृद्धिको बाटोतर्फ डोहो¥याउन सकिन्छ भन्दै योजना बनाईरहेका छन् । दक्षिण क्षेत्रको व्यापारिक केन्द्र समेत रहेको जैमुनी नगरपालिका अन्तर्गतका वडाहरु सडक विस्तार गर्ने कार्यलाई उनले प्राथमिकता राखेका छन् । पौडेलसंग सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानी ।
हजुर स्थानीय सरकारको प्रमुखमा निर्वाचित हुनु भएको छ, यहाँका जनताको समृृद्धिका लागि कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
अबको हाम्रो पहिलो लक्ष गरिवी निवारण हो । जुनकाम निकै कठिन छ । ग्रामिण क्षेत्रको गरिवी निवारण गर्न मूख्यत निर्यात हो । हामिले गाउँमा उत्पादित बस्तुको निर्यातको लागि मुख्यतया सडक निर्माणलाई प्रारथमिकता दिएका छौं । अहावत जावतको सहजता र बस्तुहरुको निर्यातको लागि पहिलो प्राथमिकतामा हामीले नगर भित्रका सडक नपुगेको ठाउमा सडक पुर्याउने लक्ष छ ।
नगरको कुन–कुन ठाउँ छ सडक नपुगेको ?
नगरको वठा नं ८ छिस्तीमा सडक सञ्जालले छोएको छैन । पहिले त्यहाँ सडक पुराउनको लागि कृषि सडकको लागि २५ लाख, ब्यारथला हुदै छिस्ती सडकको लागि ५० लाख बजेट बिनियोजन गरेका छौ । त्यस बाहेक गाजाको दह पुग्ने बाटोको स्तरउन्नतिको लागि ४० लाख र हाँडीकोटको बाटो स्तरउन्नतिको लागि ४० लाख ८० हजार बिनियोजन गरेका छौै । जुन क्षेत्रहहरु नगरका प्रमुख पर्यटकिय क्षेत्र हुन । पर्यटनको बिकासको लागि पनि हामीले सुडक सञ्जाललाई प्रमुख रुपमा लिएका छौं । हामीले समृद्धिको दोस्रो पक्ष कृषि प्रणालीमा परिवर्तन गर्ने हो । हाम्रा प्राचिन उत्पादनहरु धान, मकै, गहुँको उत्पादनलाई व्यवसायिक र उन्नत बनाउन तथा उन्नत बिउ उत्पादनमा कृषकलाइ प्रोत्साहन गर्न वडा स्तरमा बजेटको ब्यवस्था गरि कार्ययोजना बनाएका छौं । तेस्रो हाम्रो लक्ष बडा स्तरमा सिप मुलक तालिमको सञ्चालन गर्ने र प्रत्येक वडामा कम्तीमा १० जना स्वरोजगार उत्पादन गर्नेछौं । शिक्षामा परिवर्तनको लागि बिद्यालयहरुलाई प्रोत्साहन गर्न बिभिन्न आधारमा मुल्याङ्कन गरि बिद्यालय पुरस्कृत गर्ने कार्ययोजना बनाएका छौं । नगरका १० वडा मध्यमा कार्यसम्पादन, आर्थिक चुस्तता, जनताप्रतिको उत्तर दायित्व बहन लगायतका बिषयलाइ मुल्याङ्कन गरि एउटा वडालाई पुरस्कृत गर्ने कार्यक्रम पनि हामिसँग छ । दलित समुदायको बिकाको लागि समेत बिभिन्न आधारमा समुुदाय समुदायको बिचमा प्रतिस्पर्धा गराई सरसफाइ, मधिरा नियन्त्रण लगायतका बिषयलाइ आधार बनाएर ३ बस्तीलाई पुरस्कृत गर्न बजेटको व्यवस्था मिलाएका छौं । यस्तै नगर भित्रका सबै घरको सरसफाइ र सामाजिक व्यवहारलाई समेत म्ल्याङ्कन गरि तिन घरका एक एक जना महिला सदस्यलाई पुरस्कृत गर्ने समेत कार्यक्रम छ ।
समृद्धिका लागि स्थानीय सरकार भन्ने नारालाई सार्थकता दिन नगर÷गाउ परिषदबाट खास के के कार्यक्रम अगाडि सार्नु भयो ?
धेरै कुरा त मैले माथिनै प्रस्ट पारिसकें । उत्पादनमुखी कार्यक्रमलाई प्रारथमिकता दिदै प्रोत्साहन र पुरस्कृत गर्ने कामलाइ हामीले आगाडि ल्याएका छौं । नमुनाहरु प्रस्तुत गरेर दिगो बिकासलाइ टेवा दिने खालका कामहरु अघि सारेका छौं । स्वास्थ्य, सरसफाइ सडक, कृषि तथा भेटेनरी लगायतका क्षेत्रको बिकासमा बिषेश ध्यान दिएका छौं ।
अहिलेसम्म मुलुकको समृद्धिका वाधक के हो भन्ने लाग्छ यहाँलाई ?
प्रमुख रुपमा तिन कुरालइ अंकित गरौं । पहिलोः भ्रष्टचारले ठुलो रुप लियो , जव रकमको दुरुपयोग हुन्छ तव जनताको सकृयता घटेर जाने स्वभाविक हुन्छ । दोस्रोः व्यक्तिगत महत्वकांक्षा हो, बिकास निर्माण र समाज सेवाका काममा व्यक्तिगत महत्वकांक्षाले ठुलो बाधा पुर्याएको पाईयो, जसले गर्दा जनमानसमा नकरात्मक असर पर्यो, फलस्वरुप जनबिश्वास कम हुदैं गयो । भ्रष्टचार र व्यक्तिगत महत्वकांक्षा स्थानिय बिकासका ठुला बाधक थिए । तेस्रोः जनताको मानसिकता श्रमबाट टाढा हुनु हो । जसले गर्दा देश रित्तिन्छ ।
श्रम गर्ने मान्छेको अभाव हुन सक्छ । अनि त्यसको निराकरणका लागि स्थानीय सरकार सक्षम होला न त ?
हुनुपर्छ । जनस्तरबाट उसले सबैकुरा देख्छ, र जनचाहना सम्बोधन गर्नसक्छ । हालसम्म स्थानिय बिकासका लागि आउने बजेट एउटै बाटोबाट आउँदैनथ्यो, कतिपय योजना कामबिना नै सम्पन्न भएका पनि देखिए । अब त्यो हुने सम्भावना रहँदैन । योजना कहाँबाट आउँछ र कसरी काम गर्ने भन्ने जानकारी हुन्छ । त्यो काम जनप्रतिनिधिले गर्छन । जसले गर्दा बिकासले गति लिन्छ । अहिले स्थानिय निकायमा जनप्रतिनिधि छौं, हामी एक्लैले सबैकाम गर्न सक्छौं भन्ने होइन, हामीले गरेका कामहरुको मूल्यांकन गर्दै आवश्यक सल्लाह सुझाव दिन पत्रकार, शिक्षक, सामाजिक अभियन्ताहरुलाई हामीले बारम्बार आग्रह गर्दछौं ।
Previous Articleआर्थिक विकास र स्थानीय तहको भूमिका
Next Article वनजंगलः आर्थिक समृद्विको अवसर