मध्यपहाडी लोकमार्गको दश व्यवस्थित शहर बनाउने लक्ष्य मध्ये, बुर्तिबाङ पनि एक हो । ढोरपाटन शिकार आरक्ष समेत रहेको ढोरपाटन नगरपालिकालाई सम्वृद्ध गराउन नगरप्रमुख देवकुमार नेपालीका योजनाहरु तपाई स्थानीय सरकारको प्रमुखमा निर्वाचित हुनुभएको छ, अव यस नगरका जनताको समृृद्धिका वारेमा के सोच्नु भएको छ ?
नेपालकै नमूना नगरपालिका बनाउने अलि आकाँक्षी सोच छ । अहिले पनि धेरैले यो नगरपालिकालाई भिन्नै तरिकाले हेर्ने र बुझ्ने गरेका छन् । नगरलाई सक्षम र नगरका नागरिकलाई समृद्धितर्फ लैजाने यहाँ थुप्रै स्रोत साधनहरु छन् । त्यसको अधिकतम प्रयोग गर्ने वातावरण हामी निर्वाचित प्रतिनिधिहरुले बनाउने हो । अन्तरिक स्रोत साधनको पहिचान र परिचालन नै यस नगरपालिकाको जनताको समृद्धि हो भन्ने लाग्छ ।
त्यसो भए, समृद्धिका लागि स्थानीय सरकार भन्ने नारालाई सार्थकता दिन तपाइको परिषदबाट खास के के कार्यक्रम अगाडि सार्नु भयो ? ढोरपाटन नगरपालिकामो उत्पादन हुने मुख्य वाली आलु खेती हो । यसको व्यवस्थापन गर्न र राष्ट्रिय अन्तराष्ट्रिय बजारमा यसको खपत गराउनु छ । नगरपालिकाका हरेक क्षेत्रमा उत्पादन हुने अर्गानिक आलु, यहाँको मकै, भटमास, यहाँको जडिबुटी, संभावनाको मुख्य स्रोत हाइड्रो नगर पारिषदका मूल एजेण्डा र कार्यक्रमहरु हुन । हरेक वडामा सडक पु¥याउनु र आयत निर्यातमा सहजता ल्याउन धेरै स्थानमा बजेट विनियोजन गरिएको छ । वडा अध्यक्ष ज्यूहरुले स्थानीय तह, गाउँगाउँ टोलटोलमा छलफल गरेर ल्याएका योजनाहरु सबै समृद्ध ढोरपाटन बनाउने कार्यक्रमहरु नै हुन । यसको सही सदुपयोग र परिचालनमा हामी लाग्नु छ । त्यसँगै नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष क्षेत्र हामीसँगै छ । पर्यटकीय सम्भावनाका धेरै स्थानहरु छन् । यिनको प्रचार प्रसारमा हामी लाग्ने गरि बजेट तथा कार्यक्रममै समेटेका छौं । अर्को बागलुङकै दोस्रो व्यापारिक केन्द्र, मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने १० नमूना शहर मध्येको एक स्थान समेत भएकाले यहाँको विकासले अवश्य फडको मार्ने छ । हामी पनि आवश्यक कार्यक्रम बनाएर जाने निधो गरेका छौं ।
तपाईको विचारमा यो मुलुकको समृद्धिका वाधक के हो ?
मुलुकको बाधक त देशमा जिम्मेवार निकायको गैह्र जिम्मेवारपन हो । जनताको सेवाको लागि राजनीति भन्यौ, त्यो बेइमानी छ । सडक बनाउन बजेट बनायौं, भ्रष्टाचार हुन्छ । निती नियम, ऐन बनायौं, त्यसको सही कार्यान्वयन गर्दैनौं । राष्ट्रसेवक कर्मचारी बनायौ, जनताको सेवामा जान आनाकानी गर्छ । सबै ठाउँमा विसंगति मौलाएको छ । त्यसको अन्त्य आफैबाट खोज्नु पर्छ ।
अनि त्यसको निराकरणका लागि स्थानीय सरकार सक्षम होला त ?
स्थानीय सरकार आफैमा स्वयक्त हुन भन्ने मैले बुझौको छु । हामी समृद्धिका कुरा गर्छौं भने अभ्यास हामीबाटै गरिनु पर्छ । सक्षम बन्नुको विकल्प नै हुँदैन ।