बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेयरसिंह पाइजा संग हाम्रा सहकर्मी कमल पौडेलले गरेको कुराकानी ।
सर्वप्रथम त तँपाईलाई गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएकोमा ढोरपाटन दैनिकको तर्फवाट हार्दिक वधाई ! तँपाईले जनताका समृद्धिको लागी के कस्तो काम गर्दै हुनुहुन्छ ?
धन्यवाद कमल जी, सबभन्दा पहिले त म मतदानमा सहभागि भई मतदान गरि निर्वाचित गराउनु हुने सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। १५ वर्ष सम्म लथालिंग भएको विकासलाई व्यवस्थित गराउनको लागि एकिकृत जनतामुखि, जनताको लागि जनताकै कार्यक्रम घोषणा र रोजगारको लागि सामुहिक र व्यावसायीक कृषि कार्यक्रम घोषणा गरि प्रत्येक वडामा रकम विनियोजन गर्दै काम सुरु गरिएको छ।
समृद्धिको लागी स्थानिय सरकारको नारा सार्थक बनाउन गाउँ परिषद्वाट के के काम योजना अगाडि सार्नुभएको छ ?
जसले बडिगाड गाउँपालिकालाई समृद्ध बनाउन सकोस् । समृद्धिको लागि स्थानिय सरकारको नारा सार्थक बनाउनको लागि बडिगाड गाउँपालिकाको तर्फवाट स्थानिय तहमा संविधानद्धारा प्रदान गरेको अनुसूचिका साझा अधिकारको उपयोग गरि भूगोल, दुर्गमता, विकटता, पिछडिएको जनताको जनसहभागितामा विभिन्न योजनाहरु अगाडि सारिएको छ। म बुँदागत रुमै राख्न चाहन्छु । प्रत्येक वडाहरुमा मोटरवाटोको संजाल निर्माण गर्ने । सुकुम्वासी, भूमिहिन र अव्यवस्थित जनतालाई व्यवस्थित गर्ने । शिक्षामा हुने राजनैतिक हस्तक्षेप निराकरण गर्ने, प्रत्येक विद्यालयमा आगामी वर्षदेखि अंग्रेजी भाषामा पढाइको व्यावस्था गर्ने । एक वडा एक कृषि व्यावसाय संचालन गर्ने । वातावरण संरक्षणको लागि एक वडा एक पोखरी निर्माण गर्ने । समाजको विकृति र विसंगतिलाई हटाउनको लागि जनचेतना मुलक कार्यक्रम संचालन गर्ने । प्रत्येक वडामा फलामे पोल र विद्युत वितरण गर्ने । एक घर एक धाराको शुद्ध खानेपानी कार्यक्रम संचालन गर्ने । स्वास्थ्यको क्षेत्रलार्य व्यापक वनाउनको लागी सुनौलो हजार दिनलाई सहचेतनाको कार्यक्रम संचालन गर्ने । गाउँपालिकाको लागि ९ रोपनी ५ आना जग्गा निशुल्क प्राप्त भैसकेकोले भवन निर्माण कार्यलाई अगाडि बढाउने । पर्यटन क्षेत्रको विकासको लागी पहिचान र प्राथमिकिकरण गर्ने । आकाशेपुलको गाउँपालिका घोषणा गर्ने कार्यक्रम संचालन गर्ने । खर्वाङ देखि भिमगिठे सम्म बडिगाडको तटवन्ध निर्माणको लागी कार्यक्रम संचालन गर्ने । पशुपालन व्यावसायको लागि कार्यक्रम संचालन गर्ने । यी कार्यक्रमबाट बडिगाड समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।
त्यसो भए यति धेरै काल खण्डसम्म पनि मुलुकको विकास आशातित रुपमा हुन सकेन यो मुलुक को सम्बृद्धिको बाधक के रहेछ ?
मुलुकमा समृद्धिको बाधक अशिक्षा, अज्ञानता, अन्धविश्वास, परनिर्भरता, अदुदर्शिता, भ्रष्टाचार, ढिलासुस्ती, सामाजिक पछौटेपन, आत्म चिन्तन मननको अभाव आदि कारण मुलुकको विकास हुन नसकेको हो। त्यसैले यि मैले भनेका कारण नै मुलुक समृद्धिको बाधक हो ।
अब यस्ता समस्या त स्थानीय तहमा पनि देखिनेछन्। अनि तँपाईहरु यसको निराकरणको लागि कसरी सक्षम हुनु हुन्छ ?
के स्थानिय सरकार सक्षम होला ? इच्छा शक्ति, तत्परता, क्षमता, कार्य कुशलता, संस्थागत योजना, दुदर्शिता, जनसहभागिता, जनपरिचालन, समावेशी, समानुपातिक कार्यक्रम संचालन गर्ने, छनौट गर्ने, हो भने स्थानिय सरकार सक्षम र सफल हुन्छ। अवको योजना विकेन्द्रित, शक्ति पृथकिकरण, सन्तुलनको आधारवाट योजना निर्माण, छनौट गर्ने, गर्नुपर्दछ । जनसरोकारको कार्यक्रम संचालन हुने, जनता आफै आफ्नो योजना छनौट गरि जनताकै सहभागितामा काम गर्ने भएकोले स्थानीय सरकार सक्षम, सबल र सफल रहन्छ । त्यसकारण कसैले शंका गर्नुपर्ने आवश्यकता छैन ।
Previous Articleविकासमा जनसहभागिताबाट समृद्वि
Next Article समृद्विका लागि दुस्साहसी हुन तयार हौं