बागलुङ, १२ भदौ-जेसीज बागलुङको सप्ताह कार्यक्रमअन्र्तगत दोस्रो दिन आईतबार वाकाथुन कार्यक्रम सम्पन्न भएको छ । युवाहरुलाई सकरात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने बिभिन्न कार्यक्रम सहित शनिबारदेखि सुरु भएको सप्ताहको वाकाथुन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले वाकाथुन कार्यक्रमबाट संकलन भएको रकमबाट जेसीजले सामाजिक सेवामा प्रदान गर्ने कार्य राम्रो भएको बताएका थिए । यस वर्ष जेसीजले वाकाथुन कार्यक्रममा प्राप्त हुने रकमहरु निसीखोलाका पहिरो पीडितहरुलाई र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्माणाधिन भवनको लागि सहयोग गर्ने घोषणा गरेको छ । जेसीज बागलुङका वर्ष २०१७ का अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको वाकाथुन कार्यक्रमको मुलसमारोहको स्वागत जेसीज सप्ताहका मुलसंयोजक मनोज कुमार वि.क र संचालन वाकाथुन कार्यक्रमका कार्यक्रम संयोजक रोशन खड्काले गरेका थिए । जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन सोमबार १२ गते स्वर्गिय सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता, १३ गते अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, १४ गते जेसीज र पत्रकार महासंघ बागलुङ बिच मैत्रीपूर्ण फुटसल, १५ गते जेसीज गाँउ भकुण्डेमा होम स्टेका संचालकहरुका लागि होटल व्यवस्थाप सम्वन्धी तालिम, १६ गते स्वर्गिय प्रगति स्मृति अंचल स्तरीय बक्तृत्वकला प्रतियोगित सहित समापन समारोह र साँझ जेसीज संगम तथा समिक्षा कार्यक्रम हुने बागलुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताहका मुल संयोजक मनोजकुमार बिकले बताए ।