बागलुङ, ११ भदौ – युवाहरुलाई सकरात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने बिभिन्न कार्यक्रमसहित बागलुङमा शनिबारदेखि जेसीज सप्ताह शुरु भएको छ । युवाहरुको क्षमता र नेतृत्व बिकासमा क्रियाशिल बागलुङ जेसीजको आयोजनामा सञ्चालित जेसीज सप्ताहको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै नगर प्रमुख पौडेलले युवाहरुको सहभागिता र सक्रियता बिना समाज र राष्ट्रको विकास नहुने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, पर्वत जेसिजका अध्यक्ष अशोक गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको अध्यक्ष जेसीज वर्ष २०१७ का अध्यक्ष जोहन बज्राचार्य, मुल संयोजक एवं कार्यकारीणी उपाध्यक्ष मनोज कुमार विकको स्वागत र महासचिव बलबहादुर थापाले संचालन गरेका थिए । सप्ताहको अवसरमा बागलुङमा आउने पर्यटकहरुलाई स्वागत गर्ने उद्देश्यले बागलुङ प्रवेशद्वार रहेको मालढुंगामा बोर्ड स्थापना गरिएको हो । यस्तै जेसीज बागलुङले शनिबार नै बागलुङ नगरपालिका–१ मालढुंगामा स्वागत बोर्डको राखेको छ । उक्त अवसरमा बोल्दै– जेसिजका लिडर अध्यक्ष रामराज गुरुङले बागलुङ आउने पर्यटकहरुलाई स्वागत गर्ने उद्देश्यले बागलुङ प्रवेशद्वारमा राखिएको स्वागत बोर्डले नयाँ सन्देश दिने बताए । जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जेसीज बागलुङका वर्ष २०१७ का अध्यक्ष बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन स्वागत बोर्ड व्यवस्थापन कार्यक्रमका संयोजक खेमराज शर्माले गरेका थिएभने कार्यक्रमको बारेमा जेसीज सप्ताहका मुल संयोजक मनोजकुमार विकले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आईतबार ११ गते वाकाथुन कार्यक्रम, १२ गते स्वर्गिय सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता, १३ गते अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, १४ गते जेसीज र पत्रकार महासंघ बागलुङ बिच मैत्रीपूर्ण फुटसल, १५ गते जेसीज गाँउ भकुण्डेमा होम– स्टेका संचालकहरुका लागि होटल व्यवस्थाप सम्वन्धी तालिम, १६ गते स्वर्गिय प्रगति स्मृति अंचल स्तरीय बक्तृत्वकला प्रतियोगितसहित समापन समारोह र साँझ जेसीज संगम तथा समिक्षा कार्यक्रम हुने बागलुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताहका मुल संयोजक मनोजकुमार बिकले बताए । बिगतका बर्षका नियमित कार्यक्रमका अतिरिक्त यसबर्ष वाकाथुन कार्यक्रममार्फत जिल्लाको निसीखोलाका पहिरो पीडितलाई सहयोग, जेसिज गाउँ भकुण्डेमा होम–स्टे सम्वन्धि प्रशिक्षण र पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणमा सहयोग घोषणा गरिने बागलुङ जेसिजका अध्यक्ष जोहन बज्राचार्यले बताए ।
Previous Articleशिक्षक, विद्यार्थी अन्ततः शिक्षाकै हित
Next Article ७ दिनभित्र ग्राहकलाई मिटर नदिए कार्वाही